आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

छानबिनमा रहेका गुरुङ पनि सुशोभित हुँदै

AuthorAP Khabar२०७५ चैत्र ३०, शनिबार (५ साल अघि) २९२ पाठक संख्या

चैत्र ३०  बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवासको जग्गा हिनामिना प्रकरणमा प्रहरी छानबिनमा रहेका भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ ‘सुप्रबल जनसेवाश्री तृतीय’बाट सुशोभित हुने भएका छन् ।

नेपाल प्रहरीको कन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को छानबिनमा रहेका गुरुङ आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘सुप्रबल जनसेवाश्री–तृतीय’ पदकबाट सुशोभित हुने छन् । यसपालि तीन सय ४३ जनाले विभिन्न पदक पाएका छन् ।

गुरुङसहिथ २ दर्जन बढी व्यापारी, भूमाफिया तथा कर्मचारी सरकारी ललितानिवासको १ सय १३ रोपनी ३ आना हिनामिना प्रकरणमा छानबिनमा छन् । समाचार नागरिक दैनिकले प्रकाशित गरेको छ ।

janta samachar

प्रतिक्रिया दिनुहोस