आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

६ स्थानीय तहले गराएनन् लेखापरीक्षण

AuthorAP Khabar२०७५ चैत्र ३०, शनिबार (५ साल अघि) ३५३ पाठक संख्या

चैत्र ३०  देशभरका ७५३ स्थानीय तहमध्ये ६ स्थानीय तहले १ अर्ब ६८ करोडबराबरको लेखापरीक्षण नगराएको पाइएको छ ।

महालेखा परीक्षकको ५६ औं प्रतिवेदनका अनुसार लेखपरीक्षण नगर्ने स्थानीय तहमा सर्लाहीको विष्णु गाउँपालिका, रामनगर गाउँपालिका, बलरा नगरपालिका, महोत्तरीको सम्सी गाउँपालिका, धनुषाको हंसपुर नगरपालिका र बझाङको बङल नगरपालिका छन् ।

ती स्थानीय तहले १ अर्ब ६७ करोड ५० लाखको आय–व्ययको लेखापरीक्षण नगराएको प्रतिवेदनमा उल्लेख छ । ती स्थानीय तहले कानुनी व्यवस्थाको उल्लघंन गर्दै लेखापरीक्षण नगराएकाले आर्थिक अनुशासनको पालना नगरेको अवस्थामा अनुदान रोक्का गरी कारबाही अगाडि बढाउन सिफारिस गरेको छ। समाचार राजधानी दैनिकले प्रकाशित गरेको छ ।

janta samachar

प्रतिक्रिया दिनुहोस