आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

शिक्षक संगठनका अध्यक्ष पक्राउ

AuthorAP Khabar२०७५ चैत्र ३०, शनिबार (५ साल अघि) २५५ पाठक संख्या

चैत्र ३०  विप्लव समूह निकट मानिएको शिक्षक संगठन पाल्पाका अध्यक्ष विजय बुढामगरलाई प्रहरीले पक्राउ गरेको छ ।

मगरलाई शुक्रबार सदरमुकाम तानसेनबाट दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिनुभयो ।

शिक्षक सेवा आयोगबाट लिइएको आन्तरिक परीक्षामा उत्र्तीण हुनुभएका बुढामगरलाई शिक्षा एकाइ समन्वय समिति पाल्पाको कार्यालयमा नियुक्तिपत्र लिन आउने क्रममा पक्राउ गरिएको हो ।

उहाँमाथि अनुसन्धान भइरहेको र आइतबार मात्र मुद्दा दर्ता हुने प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो । पक्राउ परेका बुढामगरलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

मुद्दा दर्ताको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बुढामगरले रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवाको कुवारी आधारभूत विद्यालयमा अध्यापन गर्दै आउनुभएको छ ।

janta samachar

प्रतिक्रिया दिनुहोस