आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अपराध : २०७५ का चर्चित ५ घटना

AuthorAP Khabar२०७५ चैत्र ३०, शनिबार (५ साल अघि) ४६१ पाठक संख्या

चैत्र ३०  २०७५ लाई फर्केर हेर्दा नेपालमा धेरै ठुल्ठुला अपराधका घटना भए । ती मध्ये केहीले मात्रै चर्चा पाए । अवैध सुन काण्ड, पूर्व राजदुत झा हत्याकाण्ड, बालक अपहरण र निमला हत्याकाण्ड यो वर्षका चर्चित घटना हुन् । सुनकाण्ड देखि निर्मला हत्याकाण्डमा समेत प्रहरीको भुमिका शंकास्पद देखिएपछि वर्ष २०७५ नेपाल प्रहरीका लागि चौतर्फी आलोचना खेप्नुपर्यो ।

वर्ष २०७५ लाई फर्केर हेर्दा नेपालमा थुप्रै आपराधिक घटना भए । वर्षभरी भएका ठुला अपराधका घटनामा फितलो अनुसन्धान, प्रहरीकै संलग्नता र लापरवाहीले प्रहरी संगठन सर्वत्र आलोचित भयो । ३३ किलो सुनकाण्डमा प्रहरीकै संलग्नता र कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्याकाण्डमा प्रहरीकै लापर्वाहिले अनुसन्धान फितलो मात्र भएन पीडितले न्याय पाएका छ्रैनन् । यस्तै भक्तपुरमा निशान खड्काको अपहरणपछि हत्या भएलगत्तै जवाफी कारवाहीमा अपहरणकारी मारिएपछि प्रहरीको आलोचना अझ बढ्यो । प्रहरीको आलोचना त्यतिमा मात्र सिमित रहेन साउन १० गते निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा अनुसन्धानमा लापर्वाहीदेखि हत्या पत्ता लगाउन नसक्दा सिँगो प्रहरी संगठनको व्यापक आलोचना भयो ।

यस्तै स्थानीय निकायको निर्वाचनपछि देशभरबाट ६९ जना जनप्रतिनिधि प्रहरी नियन्त्रणमा छन् । जनप्रतिनिधीहरु व्यक्ति हत्यादेखि सून तस्करीसम्मको अभियोगमा प्रहरी हिरासतमा छन् । समाजको जिम्मेवार व्यक्तिहरु नै जघन्य अपराधमा संलग्न हुनु दुखद विषय भएको प्रहरी बताउँछ ।

अघिल्लो वर्षको तुलनामा वर्ष २०७५ लाई हेर्ने हो भने अपराधको संख्याको ग्राफ बढेको छ । यो वर्ष बलात्कारका घटना पनि अन्य वर्षभन्दा बढेको देखिन्छ । आर्थिक वर्ष २०७२/७३ मा १ हजार ८९ मुद्धा दर्ता भएका थिए, २०७३/७४ मा ११ सय ३७ मुद्धा दर्ता भए भने ०७४/७५मा १४ सय ८० बलात्कारका मुद्धा दर्ता भएका थिए । चालु आर्थिक वर्षको चार महिनामै १ सय ८७ बलात्कारका उजुरी दर्ता भएका छन् । वर्ष २०७५ मा साइवर अपराध र लागू औषध दुव्र्यसनीको संख्या ह्वात्तै बढेको प्रहरीको भनाइ छ । वर्ष २०७५ वर्षको शुरुवातदेखि आलोचना भइरहेपनि पेसेवर अपराध न्युनिकरणमा सफल भएको प्रहरीको दाबी छ ।

२०७५ सालका चर्चित अपराधका घटना :

घटना नम्बर १

साढे ३३ किलो सुनकाण्ड
वर्ष २०७५ को सुरुवातमै वर्षौदेखि त्रिभुवन विमानस्थलबाट भइरहेकोे सुन तस्करी चर्चा चलिरह्यो । दुवइ हुँदै नेपाल भित्रिएको साढे ३३ किलो सुन त्रिभुवन विमानस्थल हुँदै बाहिरिए पनि सम्बन्धित ठाउँमा नपुगी हराएपछि सुन तस्कर काण्डले चर्चा पाएको थियो । सोही तस्करी प्रकरणमा दुई जनाको रहस्यमय मृत्यु र एक जनाको निर्मम हत्यासमेत भएको थियो । सनम शाक्य हत्या र सुन तस्करी घटनाको छानबिन गर्न गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वमा समिति समेत गठन गरिएको थियो । सुकाण्डका नाइके भनिने चुडामणि उप्रेती लगायत प्रहरी उच्च अधिकारीलाइ पक्राउ परेका थिए । उच्च प्रहरी अधिकारी सुनकाण्डमा धमाधम मुछिएपछि प्रहरी संगठन भित्र पहिरो नै गएको थियो । सुनकाण्डका ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्धा समेत चलेको थियो गृहमन्त्रीले ठुला माछा समात्ने दाबी गरेपनि ठुला माछा र साढे ३३ किलो सुन कतागयो यसको प्रश्नको उत्तर भने स्वयम सरकारसँग समेत छैन ।

घटना नम्बर २

साउन महिनामा भक्तपुरमा ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्या भयो । बालकको मृत्युपछि अपहरणकारीको खोजीमा जुटेको प्रहरी र अपहरणकारीबीच मुठभेड हुँदा दुईजना अपहरणकारी मारिएका थिए । प्रहरीले अपहरणकारीमाथि गोली चलाउँदा अजय तामाङ र गोपाल तामाङको मृत्यु भएको थियो । तर प्रहरीको इन्काउन्टरमाथि शंका पैदा भएपछि गृहमन्त्री रामबहादुर बादल देखि प्रहरी महानिरीक्ष्क सर्वेन्द्र खनालसम्मले संसदको अनुशासन समितिमा जवाफ दिनुपरेको थियो ।

घटना नम्बर ३

निर्मला हत्याकाण्ड
गत साउन १० गते कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो । निर्मलाको बलात्कारपछिको हत्याकाण्ड वर्ष २०७५ को राष्ट्रिय र अन्तराष्ट्रियस्तरमा समेत निकै चर्चित घटना हो । हत्या अभियोगको आशंकामा प्रहरीले १८ जनाभन्दा बढीको डिएनए परीक्षण, हजारौँ व्यक्तिको मोबाइलको कल डिटेल र निर्मलाको शव भेटिएको क्षेत्र नजिकका घरका मानिसलाई सोधुपुछ गरिसकेको छ । तर, अझै पनि निर्मलाका हत्यारा पक्राउ गर्न प्रहरीले सकेको छैन । प्रधानमन्त्रीदेखि गृहमन्त्री र प्रहरीले समेत निर्मलाको हत्यारा पत्ता लगाइछाड्ने दाबी गरेपनि हत्यारा भने घटना भएको ९ महिना बितिसक्दा समेत पक्राउ परेका छैनन् । निर्मलाको हत्या अनुसन्धानका क्रममा सुरुवाती चरणमा प्रहरीबाट कमजोरी भएको भन्दै तत्कालिन कञ्चनपुर प्रहरी प्रमुखदेखि दर्जन प्रहरी निलम्बनमा परे निर्मलाको हत्यारा पत्ता लगाउन नसक्दा प्रहरी संगठनको आलोचना खेपिरहनु परेको छ । निर्मलाको बलात्कारपछि हत्याको अभियोगमा मानसिक सन्तुलन बिग्रिएका स्थानीय दिलीपसिंह विष्टलाई पक्राउपछि सार्वजनिक ग¥यो तर उनी डिएनए नमिलेपछि थुनामुक्त भएका थिए । निर्मलाको हत्यारा पत्ता लगाउन नसक्दा प्रहरी संगठनको मात्रै नभइ सरकारले समेत चौतर्फी आलोचना खेप्नुप¥यो । निर्मलाको हत्यारा कहिले पक्राउ पर्लान् सबैको चाँसोको विषय बनेको छ ।

घटना नम्बर ४

पूर्वराजदुत केशव झाको हत्या
यस्तै ०७५ भदौ महिनामा फ्रान्सका लागि पूर्वनेपाली राजदूत केशवराज झाको हाइप्रोफाइल रहस्यमय हत्या भयो । बबरमहलस्थित आफ्नै निवासमा उनको राति हत्या भएको थियो । हत्या भएकै दिन प्रहरीले झाको घरमा सुरक्षा गार्ड काम गर्दै आएका सानुकान्छा तामाङ, मालीको काम गर्ने आइतसिंह तामाङ र जयबहादुर गुरुङलाई नियन्त्रणमा लिएको थियो । तर, उनीहरूले नै हत्या गरेको यथेष्ट प्रमाण नभेटेपछि तीनैजना आठ–आठ हजार रुपैयाँ धरौटीमा थुनामुक्त भएका थिए । त्यसपछि भने प्रहरीले कसैलाई पक्राउ गर्न सकेको छैन ।

घटना नम्बर ५

चेलीबेटी बेचबिखनको अभियोग लागेका वडाध्यक्ष पक्राउ

चेलीबेटी बेचबिखनको आरोपमा नुवाकोट, दुप्चेश्वर गाउँपालिका १ का अध्यक्ष सुनबहादुर तामाङ पक्राउ परेका थिए । सुनबहादुरले दुई सयभन्दा बढी चेलीहरुलाई भारतका वेश्यालयहरुमा लगेर बिक्री गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । उनले दिल्ली र मुम्बईमा बेश्यालयसमेत सञ्चालन गरेको प्रहरीस्रोतले जनाएको थियो ।

प्रहरी प्रवक्ता उत्तमराज सुवेदीका अनुसार आउँदो वर्ष २०७६ नेपाल प्रहरीका लागि बलात्कार देखि साइवर अपराध न्युनिकरण गर्न मुख्य चुनौति देखिन्छ । प्रहरीको तथ्याङ्कलाई नै आधारद मान्ने हो भने २०७५ मा सबैभन्दा धेरै साइवर अपराधका घटना भएका छन् । तर, आगामी दिनमा यस्ता घटना न्यूनिकरण गर्न प्रहरीले आफूलाई तयारी अवस्थमा राख्न कुनै उपाय अवलम्बन गर्नेतर्फ भने ध्यान दिएको देखिँदैन ।

janta samachar

प्रतिक्रिया दिनुहोस