आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भोलिबाट बागमतीमा ठूलो डुंगा चल्ने

AuthorAP Khabar२०७५ चैत्र ३०, शनिबार (५ साल अघि) २९९ पाठक संख्या

चैत्र ३०  सर्लाही र रौतहटलाई मकवानपुर र सिन्धुलीसँग जोड्ने गरी जलमार्ग निर्माण सम्पन्न भएपछि अब बागमती नदीमा व्यावसायिक रुपमा मोटरबोट (ठूलो डुङ्गा) सञ्चालन हुने भएको छ । विसं ०७६ वैशाख १ गतेबाट सञ्चालन हुने गरी रौतहटको बागमती क्यान्टिन बजारदेखि मकवानपुरको राईगाउँसम्म मोटरबोट सञ्चालन गर्न लागिएको हो ।

मकवानपुरबाट प्रतिनिधिसभा अर्थसमितिका सभापति कृष्णप्रसाद दाहालको पहलमा जलमार्ग निर्माण भएको र वैशाख १ गतेबाट ११ सिट क्षमताको मोटरबोट सञ्चालन हुने बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले जानकारी दिनुभयो ।

उहाँका अनुसार तत्काल भाडामा ल्याइएको मोटरबोट सञ्चालन हुने र पछि केन्द्र तथा प्रदेश सरकारसँग सहकार्य गरेर आफ्नै बोट सञ्चालन गरिने योजना रहेको छ । मोटरबोटको सञ्चालनपछि बागमती गाउँपालिका तथा मकवानपुरकै पर्यटन विकाससँगै यस क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।

जलमार्गलाई भविष्यमा थप विस्तार गरिने योजना रहेको उहाँको भनाइ छ । नेपालमा समुद्रसँग जोड्ने जलमार्गलाई केन्द्र सरकारले प्राथमिकता दिएको समयमा पर्यटन प्रर्वद्धन तथा स्थानीय जनताको दैनिकीलाई सहज बनाउन मोटरबोट सञ्चालनमा ल्याउन लागिएको भन्दै सभापति दाहालले जलमार्गले दुर्गम मानिने राईगाउँको जीवनशैलीलाई सकारात्मक परिवर्तन गर्ने बताउनुभयो ।

janta samachar

प्रतिक्रिया दिनुहोस