आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रोहितको उत्कृष्ट ब्याटिङ, ओमनलाई २३० को चुनौति

AuthorAP Khabar२०७६ बैशाख ३, मंगलबार (५ साल अघि) ५९५ पाठक संख्या

बैशाख ३ मलेसियामा जारी आईसीसी यू–१९ विश्वकप छनोटअन्तर्गत एसिया क्षेत्रको समूह चरणको चौथो खेलमा नेपालले ओमानलाई २ सय ३० रनको लक्ष्य दिएको छ ।

क्वालालाम्पुरमा टस हारेर ब्याटिङ थालेको नेपाल ४३.२ ओभरमा अल आउट हुँदै २ सय २९ रनमा समेटियो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ८१ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ७५ रनको महत्वपूर्ण योगदान दिए ।

रोहितलाई ३५ ओभरको पाँचौ बलमा आजम अलीले मेहताबाट क्याच गराए । त्यस्तै भिम सार्कीले ४३ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३९ रन बटुले । कुनै समय ८१ – ५ को कमजोर अवस्थामा पुगेको नेपाललाई रोहित र भिमले छैटौैं विकेटका लागि ९२ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए ।

नेपाललाई बलियो अवस्थामा पुर्याउन प्रतिस जिसीले आक्रमक उत्कृष्ट ब्याटिङ गरे । प्रतिसले २३ बलमा २ चौका र ४ छक्का सहित ४१ रन बटुलेपछि नेपालले बलियो योगफल तयार पार्न सफल भएको हो ।

प्रतिक्रिया दिनुहोस