आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आईपीएल : पञ्जाबको जित, प्रिटी र सोनुको यस्तो ‘एक्साइटमेन्ट’

AuthorAP Khabar२०७६ बैशाख ४, बुधबार (५ साल अघि) ४५५ पाठक संख्या

बैशाख ४   इंडियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत मंगलबार भएको खेल किंग्स इलावेन पञ्जाबले आफ्नो पक्षमा पारेको छ । पञ्जाबले राजस्थान रोयल्सलाई १२ रनले पराजित गरेको हो ।

पञ्जाबले दिएको १ सय ८३ रनको विजयी लक्ष्य पछ्याएको राजस्थान निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रनमा समेटियो । उसका लागि राहुल त्रिपाठी ५०, जोस बट्लर २३, सञ्जु सामसन २७, अजिक्या रहाने २६, जोफ्रा आर्चर १, श्रेयस गोपाल विनारन आउट हुँदा जयदेव स्ट्रउट बिन्नी ३३ रन बनाउँदै नटआउट रहे । बलिङतर्फ पञ्जाबका कप्तान रविचन्द्र अश्विन, मोहम्मद सामी र अर्सदीप सिंहले समान दुई–दुई र मुरगान अश्विनले एक विकेट लिए ।

त्यसअघि मोहालीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभर खेल्दै ६ विकेट गुमाउँदै १ सय ८२ रन बनाएको थियो । उसका लागि लोकेश राहुलले ५२, क्रिस गेलले ३०, मयंक अग्रवालले २६, डेविड मिलरले ४० निकोलस पुरन ५ तथा मन्दीप सिंह बिनारन आउट हुँदा रवीचन्द्र अश्विन १७ र मुजिब रहमान रनबिना नटआउट रहे ।

खेलसँगै किंग्स इलावेन पञ्जाब १० अंकसहित अंकतालिकाको चौथो स्थानमा रहँदा राजस्थान रोयल्स पुच्छारबाट दोश्रो स्थानमा छ । खेलको प्लेयल अफ द म्याच पञ्जाबका कप्तान रवीचन्द्र अश्विन भए । खेल हेर्नका लागि पञ्जाबकी ओनर प्रिति जिन्टा र अर्का नायक सोनु सुद पनि मैदान पुगेका थिए ।

आजको खेल
प्रतियोगिता अन्तर्गत आज सनराजर्स हैदारवाद र चेन्नाई सुपरकिंग्सबीचको खेल हुँदैछ । खेल नेपाली समय अुनसार बेलुकी सवा ८ बजे हैदारवादको घरेलु मैदानमा हुनेछ । यसअघि पाँचपटक खेलेका खेलमा आँखा लगाउने हो भने, चेन्नाई चारपटक विजयी भएको छ भने हैदरावाद जम्मा एकपटक विजयी भएको छ । चेन्नाई अंकतालिकाको शीर्षस्थानमा रहँदा हैदरवाद छैटौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस