आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मनमोहन स्मृति यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने

AuthorAP Khabar२०७६ बैशाख ४, बुधबार (५ साल अघि) ३२४ पाठक संख्या

बैशाख ४   दोस्रो मनमोहन स्मृति यु १६ अन्तर प्रदेश राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी वैशाख १८ गतेबाट राजधानीमा शुरु हुने भएको छ ।

पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस (बैशाख १३)को सन्दर्भ पारेर प्रतियोगिता आयोजना गर्न लागिएको हो । मनमोहन मेमोरियल क्रिकेट सेन्टरले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको छ ।

प्रतियोगितामा सात वटै प्रदेशका १६ वर्ष मुनीका खेलाडी र सातवटा टिमको सहभागीता रहने छ । पहिलो हुने टिमले नगद र खेल सामग्री गरी पाँच लाखको पुरस्कार प्राप्त गर्ने छ । त्यसैगरी, दोस्रो हुने टिमले नगद र खेल सामग्री गरी २ लाख ५० हजार पुरस्कार प्राप्त गर्ने छ ।

विजेता र उपविजेता दुबै पुरस्कारको आधा रकम नगद र आधा रकम बराबरको खेलकुद सामग्री रहने क्रिकेट सेन्टरका अध्यक्ष ठाकुर गैरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस