आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

थ्रि स्टार राजर्षि जनक कपको फाइनलमाc

AuthorAP Khabar२०७६ बैशाख ४, बुधबार (५ साल अघि) ३९३ पाठक संख्या

बैशाख ४  बागमतीमा जारी राजर्षि जनक कप फुटवल प्रतियोगिता अन्तर्गत आजको पहिलो सेमिफाईल खेलमा थ्रि स्टार विजयी भएको छ ।

प्रतियोगिता अन्तर्गत आजको खेलमा सशस्त्र प्रहरी क्लव एपिएफलाई २—० गोल अन्तरले पराजित गर्दै थ्रि स्टारले फाइनल यात्रा तय गरेको हो । थ्रि स्टारको जितमा खेलको ३१ औँ मिनेटमा जर्सी नम्बर ८ का सुनिल बलको क्रस पासलाई जर्सी नम्बर ११ का सुशिल राईले हेड मार्फत जाली चुमाउन सफल भए । थ्रि स्टार र सशस्त्र प्रहरी क्लव एपिएफ विचको खेलको ७६औँ मिनेटमा जर्सी नम्बर २ का दिनेश राजवंशीले २५ यार्ड टाडाबाट प्रहार गरेको बलले जाली चुमेपछि थ्रि स्टार २—० गोल अन्तरले विजयी भएको हो ।

फाइनल यात्रा तय गरेको थ्रि स्टारले ६ गते हुने खेल आफ्नो पक्षमा पार्ने गरी मैदानमा उत्रने तयारी गरेको छ । जितसँगै थ्रि स्टारकोे उपविजेताको उपाधी पक्का भैसकेको छ । आजको प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै दिनेश राजवंशी म्यान अफ दि म्याच घोषणा भएका छन् । उनले पुरस्कारस्वरुप नगद १० हजार समेत प्राप्त गरेका छन् ।

६ गते हुने तेस्रो राजर्षि जनक कप फुटवल प्रतियोगिताको विजेताले राजर्षि रनिङ शिल्ड र १० लाख नगद तथा उपविजेताले शिल्ड तथा ५ लाख नगद प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस