आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दिदीभाई दोस्राे चरणमा प्रवेश

AuthorAP Khabar२०७६ बैशाख ४, बुधबार (५ साल अघि) ५७० पाठक संख्या

बैशाख ४  आठौं राष्ट्रिय खेलकुद अन्तर्गत ४०औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा नङ्खशल देवी तामाङ एकल महिला र रत्नजित तामाङ्ख पुरुष एकल तर्फ क्वाटरफाईनलमा प्रवेश गरेका छन् । सेनाकी नङ्खशलले सेनाकै गिता राईलाई २१–११, २१–११ को समान अन्तरले पराजित गर्दै दोश्रो चरणमा स्थान बनाएकी छन् । यस्तै सेनाकै प्रतिनिधित्व गरेका भाई रत्नले पुलिसका पूर्ण बहादुर थापालाई २१–११, २१–७ ले पराजित गर्दै दोश्रो चरण प्रवेश गरेका हुन् ।

महिला एकल तर्फ सेनाका रशिला महर्जन, अनुमाया राई, रञ्जना भट्ट र लोक्तमा राईले पनि दोश्रो चरणमा स्थान बनाए । रशिलाले एपिएफकी अञ्जना राईलाई २१–१२, २१–७ ले, अनुले प्रदेश १ की अरुण तामाङ्खलाई २१–११, २१–५ ले, रञ्जनाले सुदूरपश्चिमकी निलिमा महरालाई २१–६, २१–८ ले तथा लोक्तमाले प्रदेश ३ की मनिण खड्कालाई २१–१४, २१–१० ले पन्छाए ।

एपिएफका जेशिका गुरुङ्ख, शोभा गौचन र सुनैना मुखियाले पनि दोश्रो पहिलो चरण पार गरे । जेशिकाले प्रदेश ५ की सुष्मा श्रेष्ठलाई २१–१०, २१–९, शोभाले सुदूरपश्चिमकी बिष्णा बिष्टलाई २१–१४, २१–१० तथा सुनैनाले प्रदेश १ की रोज पाण्डेलाई २१–१०, १९–२१, २१–१६ ले पाखा लगाए । यस्तै दोश्रो चरण प्रवेश गर्नेमा प्रदेश ५ की संझना शर्मा, प्रदेश १ की निता लम्साल, सिता राई, सिमा राजबंशी, प्रदेश ३ की सफी खत्री, गण्डकी प्रदेशकी पुनम गुरुङ्ख, कर्णाली प्रदेशकी अग्रीमा भण्डारी र सुदूरपश्चिमकी प्रसुना खत्री पनि दोश्रो चरण प्रवेश गर्ने खेलाडी बने ।

घोराहीस्थित कभर्डहलमा भएको प्रतियोगितामा पुरुष एकल तर्फ एपिएफका दिपेश धामी, प्रदेश ३ का रमेश श्रेष्ठलाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरे । एपिएफका गौतम कठायत, विजित थापामगर पनि दोश्रो चरण प्रवेश गरे । गौतमले प्रदेश ५ का विश्वास नेपाललाई २१–१२, २१–१२ तथा विजितले एपिएफकै निरञ्न देवकोटालाई १५–२१, २१–१३, २१–१२ ले पराजित गरे ।

टिम ईभेन्ट्समा रत्नजितलाई पराजित गरि सनसनी मचाएका अन्तराष्ट्रिय पदकधारी सुदूरपश्चिमका प्रिन्स दाहालले एपिएफका सुमन लिम्बुलाई २१–१८, २१–७ ले पराजित गर्दै दास्रोे चरण प्रवेश गरे । यसैगरि पुरुष एकलमा सेनाका विशाल खड्का, प्रफुल महर्जन, नविन श्रेष्ठ र रुकेश महर्जन, पुलिसका बिष्णु कटुवाल, सुनिल जोशी र दीपक बोहरा, प्रदेश १ का विकाश श्रेष्ठ र सुदूरपश्चिमका देवराज शर्माले पनि पहिलो चरण पार गरे ।

एपिएफका दीपेश धामी र विजित थापामगरको जोडी पुरुष युगल तर्फ पनि दोस्रो चरण प्रवेश गर्न सफल भए । धामी र मगरको जोडीले प्रदेश ३ का विश्वास नेपाल र गणेश रायमाझीलाई २१–१८, २११९ ले पराजित गरे ।

प्रतिक्रिया दिनुहोस