आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आईपीएल : चेन्नाईमाथि बैंग्लोरको १ रनको रोमाञ्चक जित

AuthorAP Khabar२०७६ बैशाख ९, सोमबार (५ साल अघि) ३६९ पाठक संख्या

बैशाख ९  आईपीएल क्रिकेटमा डिफेन्डिङ च्याम्पियन चेन्नाई सुपरकिंग्सलाइ पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरले तेस्रो जित निकालेको छ । आइतबार बैंगलोरस्थित चिन्नास्वामी स्टेडियममा भएको खेलमा बैंग्लोरले शीर्ष स्थानको चेन्नाई सुपर किङ्सलाई १ रनले पराजित गरेको हो ।

बैंग्लोरले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको चेन्नाईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६० रन मात्र बनाउन सक्यो । चेन्नाईका लागि कप्तान महेन्द्र सिंह धोनीले सर्वाधिक ८४ रनको अर्धशतकीय पारी खेले । त्यस्तै अम्बाती रायडुले २९ तथा रविन्द्र जडेजाले ११ रन बनाए । बैंग्लोरका डेल स्टेन र उमेश यादबले २–२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंैग्लोरले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो । बैंग्लोरका लागि पार्थिव पटेलले ५३ रन, मोइन अली २६, एबी डी भिलियर्स २५ र आकाश दिप नाथले २४ रनको योगदान गरे । बलिङतर्फ चेन्नाईका दिपक चहर, ड्याने ब्राभो र रविन्द्र जडेजाले २–२ विकेट लिए ।

बैंग्लोरले १० खेलबाट ६ अंक जोडेको छ भने पराजित चेन्नाई शीर्ष स्थानमा यथावत छ । चेन्नाईले १० खेलबाट १४ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस