आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नगौलमा सम्पन्न तेस्रो नकआउट फुटबलको उपाधि बकुलियालाई

AuthorAP Khabar२०७६ बैशाख ९, सोमबार (५ साल अघि) ३३८ पाठक संख्या

एपी खबर
जीतपुर, बैशाख ९
जीतपुरसिमरा उपमहानगरपालिका ६ नगौलमा आयोजीत तेस्रो नकआउट फुटबलको उपाधि बकुलियाले जीतेको छ । आयोजक सहयात्री युवा क्लबलाई २–१ ले पराजीत गर्दै बकुलियाले जीत हातपारेको हो ।
जीतका लागि बकुलियाले पहिलो हाफमा २ गोल गर्न सफल भएको थियो । पहिलो हाफको अन्तीममा बकुलियाका खेलाडीबाट भएको फलको सदुपयोग गर्दै नगौलले एक गोल फर्काउन सफल भएको थियो ।
खेलमा आक्रमक देखिएको बकुलियाले आफ्नो गरेको विवादका कारण उसले दुई गोलमै चीत बुझाउनुपरेको हो ।
चैत्र २३ गतेबाट शुरु भएको यस खेलमा जीतपुरसिमरा उपमहानगरपालिका भित्रका १६ ओटा टिमको सहभागीता रहेको आयोजकले जनाएको छ । खेलको विजेतालाई १५ हजार सहित सिल दथा उपविजेतालाई नगद १० हजार सहित सिल प्रदान गरीएको थियो ।
आयोजक क्लब सहयात्री युवा क्लबका अध्यक्ष कमरुलहोदा अंसारीको सभा अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानिय समाजसेवि देवनारायण चौधरीको प्रमुख आतिथ्यता रहेको थियो । भने जीतपुरसिमरा उपमहानगरपालिका ६ का वडा अध्यक्ष कैमुदिन अंसारी, रेडियो सिमराका कार्यकारी निर्देशक मनोज पौडेल, जनहित उपभाक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ, स्थानिय समाजसेवि सुनिल गुप्ता लगाएतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस