आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

१६ औँ ओभरको अन्तिम बल : ‘बेल’ र ‘स्टम्प’मा लागेपनि ‘नटआउट’ (भिडियो)

AuthorAP Khabar२०७६ बैशाख १०, मंगलबार (५ साल अघि) १०४८ पाठक संख्या

बैशाख १० सोमबार भएको दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीचको खेल एकदमै रोमाञ्चक बन्यो । जयपुरको सवाइ मानसिंह क्रिकेट मैदानमा भएको खेल दिल्लीले जित्यो ।

खेल दिल्लीले जितेको भएता पनि खेलमा यस्ता केही रोमाञ्चक मोडहरु आए, त्यो सम्झनलायक छ । खेलका अजिन्क्या रहानले शतक प्रहार गरे भने रिसव पन्त र शिखर धवनले पनि विस्फोटक ब्याटिङ गरे ।

त्यसैगरी खेलको १६औँ ओभरको अन्तिम बलमा पनि खेल एउटा रोमाञ्चक मोडमा पुग्यो । दिल्लीलाई जितको लागि २५ बलमा ४१ रनको आवश्यक थियो । स्ट्राकइमा पृथ्वी शा ३६ बलमा ४२ रन बनाएर खेलिरहेका थिए भने २७ बलमा ५१ रन बनाएका रिसव पन्त नन–स्ट्राइकर इनमा थिए ।

ओभरको अन्तिम बलमा जोफ्रा आर्चरले बलिङ गर्दै थिए । ओभरको अन्तिम बलमा आर्चरले फुट टस लिएर बलिङ गरे तर पृथ्वीले ब्याटलाई बलमा छुवाउन सकेनन् । त्यसपछि बल सिधै गएर स्टम्पको माथि गएर लाग्यो । बेल र स्टम्पमा गज्जबले रातो बत्ति बल्यो तर बेल भुइँमा झरेन । बेल भुइँमा नझरेपछि बलर आर्चर र विकेट किपर सञ्जु सामसन त चकित पर्ने नै भए त्यसमाथि अम्पाएरहरु समेत चकित परेका थिए ।

२०१९ को आईपीएलमा यो पहिलो घटना होइन । यसअघि पनि राजस्थान रोयल्स र कोलकत्ता नाइट राइडर्सबीचको खेलमा यस्तै भएको थियो । त्यो खेलमा पनि राजस्थान रोयल्सका धवन कुलकर्णीले कोलकत्ताका क्रिस लिनविरुद्ध बलिङ गर्दै थिए ।

प्रतिक्रिया दिनुहोस