आज:  २०८१ बैशाख २७, बिहिबार | Thu, 09, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मकवानपुरमा खुल्ला दूध बिक्रीवितरण गर्न नपाईने

AuthorAP Khabar२०७६ बैशाख ११, बुधबार (५ साल अघि) ५६९ पाठक संख्या

मकवानपुर, वैशाख ११ :  मकवानपुर जिल्लामा खुल्ला रुपमा दूध बिक्रीवितरण गर्न नपाईने भएको छ । जिल्ला प्रशासन कार्यालयद्वारा दूध वितरण गर्ने सरोकारवालासँग बसेको बैठकले वैशाख १३ गतेदेखि खुला दूध बिक्रीवितरण गर्न नपाइने भएको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका प्रमुखको संयोजकत्वमा गठित कार्यदलको टोलीले दिएको प्रतिवेदनको आधारमा सो निर्देशिका कार्यान्वयन गर्न लागिएको हो ।

निर्देशिका २०७५ मा दूध प्रशोधन गरी उत्पादन मिति, उपभोग मिति, मूल्य र लेवलसहित आवश्यक जानकारी लगायत प्याकेजिङमा उल्लेखित दूधमात्र बिक्रीवितरण गर्न पाइने व्यवस्था उल्लेख छ ।

निर्देशिका २०७५ कार्यान्वयनमा आएपछि खुला तथा प्लाष्टिकमा राखी रबरले बाँधेर प्याक गरेको दूध बिक्री गर्न नपाइने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस