आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बहुराष्ट्रिय कम्पनी सुर्य नेपालका मजदुरहरु आन्दोलित

AuthorAP Khabar२०७६ बैशाख १६, सोमबार (५ साल अघि) ५०९ पाठक संख्या

एपी खबर
जीतपुर, बैशाख १६ : श्रमिकको आवस सम्बन्धी सुबिधामा श्रम ऐन बिपरित कार्य गरेको भन्दै बाराको सिमरामा रहेको बहुराष्ट्रिय कम्पनी सुर्य नेपालका मजदुरहरु आन्दोलित भएका छन् ।

श्रम ऐन २०४८ ले ब्यवस्था गरेको कर्मचारीको बासस्थान सम्बन्धी निर्देशनलाई लत्याएर ब्यवस्थापन पक्षले एकलौटी निर्णयका आधारमा मनोमानी रुपले रकम खर्च गरेको भन्दै उद्योगमा आवद्ध मजदुर युनियनका कर्मचारीहरु आन्दोलीत भएका हुन् ।

श्रम ऐन २०४८ को दफा ४१ ले मुनाफा गर्ने प्रतिष्ठानले कुल मुनाफाको ५ प्रतिशत नघट्ने गरी रकम छुट्याई क्रमसः कामदार कर्मचारीको बास स्थान ब्यवस्थापन गर्दै जानुपर्ने ब्यवस्था गरेको थियो । पछी २०७५ को श्रम नियमावलीले सो ब्यवस्था खारेज गरेपछि यस बिचमा कोषमा जम्मा भएको रकम उद्योग ब्यवस्थापन पक्षले आफुहरुसँगको समन्वयबिना मनलाग्दी रुपमा खर्च गरेको उनिहरुको भन्दै मजदुरहरु आन्दोलीत भएका हुन् ।

सुर्य नेपालका मजदुरहरुले सोमवार सिमरामा पत्रकार सम्मेलनको आयोजना गर्दै ‘श्रम ऐन २०४८ का अधारमा २०५० ले बास स्थान कोषमा जम्मा भएको करीब तिन सय करोड रकम श्रम सम्बन्ध समिती मार्फत कर्मचारीको हित हुने योजनामा खर्च गर्नुपर्ने भएपनि उद्योगले कर्मचारीहरुलाई जानकारी समेत नदिई मनोमानी रुपमा खर्च गरेको समग्र उद्योग ट्रेड युृनियन सुर्य नेपाल प्रा.ली. का अध्यक्ष अमरनाथ गिरीले जानकारी दिनुभयो ।

कोषमा रहेको करोडौँ रकम खर्च गर्ने बिषयमा पटक पटक ब्यवस्थापन पक्षसँग छलफलको प्रस्ताव गर्दा बेवास्ता गरेको र आफुहरुसँगको छलफलबिना केहि उच्च पदस्त कर्मचारीका लागी सुबिधासम्पन्न भवन निर्माण गरेको नेपाल बहुराष्ट्रिय कम्पनी मजदुर युनियन सुर्य नेपाल प्रा.ली.का अध्यक्ष बिनोद श्रेष्ठले गुनासो गर्नुभयो ।

उहाँले आफुहरुले विगत केहि समय यता देखिएका समस्यालाई उद्योग भित्र नै मिलाउने प्रयास गरेपनि प्रशासनले मजदुरहरुको मागलाई सम्बोधन नगरेको भन्दै चरणबद्ध आन्दोलनमा आएको जानकारी दिनुभयो ।

३१० जना मजदुर कार्यरत यस उद्योगमा ईन्डियन टोबाको कम्पनीको ५९ प्रतिशत, नेपाल टोबाको कम्पनीको ३९ प्रतिशत र बि.ए.टिको २ प्रतिशत लगानी रहेको छ । मजदुरहरुले बास स्थान ब्यवस्थापनका लागि छुट्याएको यस रकममा आफुहरु ५० प्रतिशतको भागेदार रहेकोले सो रकम बराबर मजदुरहरुलाई स्थायी बसोबासको ब्यवस्थापन गर्न माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस