आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपा संसदीय दलको बैठक बस्दै

AuthorAP Khabar२०७६ बैशाख १७, मंगलबार (५ साल अघि) २९९ पाठक संख्या

बैशाख १७ नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलको बैठक आज बस्दैछ । सरकारले आगामी शुक्रबार वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएपछि सत्ता नेतृत्वकर्ता दल नेकपाले आज सांसदहरुसँग छलफल गर्न लागेको हो ।

संघीय संसदको तेस्रो अधिवेशन लगत्तै चैतको दोस्रो साताबाट स्थानीय तहमा परिचालन भएका सांसदहरुले आज जनस्तरबाट प्राप्त सुझाव दलको बैठकमा प्रस्तुत गर्नेछन् । बैठक दिउँसो एक बजे काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन परिषरमा बस्नेछ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको वार्षिक कार्यक्रममा समावेश गर्ने गरी जनताको सुझाव संकलनका लागि गाउँ जान संसदको तेस्रो अधिवेशन लगत्तै सांसदहरुलाई निर्देशन दिएका थिए । आवश्यक छलफल बिना नै सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको भन्दै प्रमुख प्रतिपक्ष कांग्रेसले आपत्ति जनाईरहेका बेला सरकारले जनताकै सुझाव संकलनको पहल भएको दाबी गरेको छ ।

संघीय संसदको आगामी शुक्रबार अपरान्ह ४ बजे बस्ने संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यसूची तय भएको छ । नेकपा संसदीय दलका मुख्य सचेतक देव गुरुङले बैठकमा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले सांसदहरुलाई आवश्यक निर्देशन दिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस