आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बालुवाटारकाे सरकारी जग्गामा पार्टीकै सभापति दाेषी देखिए पनि सजायँ हुनुपर्छ : नेता सि‌ंहबालुवाटारकाे सरकारी जग्गामा पार्टीकै सभापति दाेषी देखिए पनि सजायँ हुनुपर्छ : नेता सि‌ंह

AuthorAP Khabar२०७६ बैशाख १७, मंगलबार (५ साल अघि) ३१६ पाठक संख्या

बैशाख १७ संखुवासभा । नेपाली कांग्रेसका नेता एवं सांसद प्रकाशमान सिंहले काठमाडौँ बालुवाटारस्थित सरकारी जग्गा अतिक्रमणमा आफ्रनै पार्टीका नेता दोषी देखिए पनि कारबाही हुनुपर्ने बताएका छन्

आज यहाँ प्रेस युनियन संखुवासभाद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता सिंहले उक्त कुरा बताए । पत्रकारहरुले बालुवाटारको जग्गा व्यक्तिका नाउँमा ल्याउन कांग्रेस सभापति शेरबहादुर देउवाकै समेत हात रहेको प्रसंग उप्काउँदै प्रश्न गरेका थिए । जवाफमा नेता सिंहले आफ्नै सभापति भए पनि कारबाही हुनुपर्ने बताए । उनले भने, ‘कांग्रेस नेता होउन् कि कम्युनिष्ट, सो प्रकरणको निष्पक्ष छानविन गरेर दोषी देखिनेजतिलाई कानुन बमोजिम सजायँ हुनुपर्छ ।’

फरक प्रसंगमा नेता सिंहले संघीयता कार्यान्वयन गर्नमा वर्तमान सरकार असफल भइसकेको दाबी गरे । कांग्रेस भ्रष्टाचारमा शून्य सहनशील पार्टी रहेको बबताउँद दुई तिहाई बहुमतको सरकार आफै कानुनविपरीत चलिरहेको आरोप समेत लगाए ।

प्रतिक्रिया दिनुहोस