आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पप्पु कन्स्ट्रक्सनका ईन्जिनियर सुशील ठाकुर पक्राउ, निलम्बित सांसद रौनियार तनावमा

AuthorAP Khabar२०७६ बैशाख १७, मंगलबार (५ साल अघि) ५०८ पाठक संख्या

बैशाख १७ वीरगंज, — पप्पु कन्स्ट्रक्सनका ईन्जिनियर सुशील ठाकुर पक्राउ परेका छन ।

जिल्ला प्रशासन कार्यालय पर्सामा पप्पु कन्स्ट्रक्सनका संचालक सुमित रौनियारलाई पटक पटक बोलाउदा पनि रौनियार उपस्थित नभई ईन्जिनियरलाई पठाएकोले ईन्जिनियर ठाकुरलाई पक्राउ गरिएको हो ।

बीरगन्ज र पोखरीया नगरपालिका जोडिने तिलाबेपुल समयमा समपन्न नगरेकोले ईन्जिनियरलाई सोधपुछको लागि ल्याइएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

ईन्जिनियर ठाकुरलाई छोडाउन निलम्बित सासद हरि नारायण रौनियार निकै दौडधुप गरेको बुझिएको छ ।

तर जिल्ला प्रशासन कार्यालय पर्सामा निलम्बित सांसद रौनियारको केहि नचलेपछि अहिले शक्तिकेन्द्र धाउन लागेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस