आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बालुवाटार जग्गा प्रकरणमा विष्णु पौडेलबारे प्रधानमन्त्रीले मुख खोले

AuthorAP Khabar२०७६ बैशाख १७, मंगलबार (५ साल अघि) ३६० पाठक संख्या

बैशाख १७ प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष केपी शर्मा ओलीले महासचिव विष्णु पौडेलले सरकारी जग्गा अतिक्रमण नगरेको दाबी गरेका छन् ।

नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले पौडेलबारे भ्रम फैलाइएको बताएका हुन् । विरोधीले पार्टी र सरकारलाई बदनाम गर्न बालुवाटार जग्गा प्रकरणलाई उचाल्ने काम गरेको ओलीको दाबी छ ।

‘नेकपाको सरकार र पार्टीलाई बदनाम गर्न महासचिव विष्णु पौडेललाई लान्छना लगाइएको छ, त्यो जग्गा राजाको शाससनकालमा पौडेलले किन्नु भएको हो’ बैठकमा ओलीले भने, ‘कोही व्यक्तिबाट अरुले सरह उहाँले जग्गा किन्नु भएको हो । कुनै सरकारी जग्गा हडपेको पनि होइन ।’ पौडेललाई आक्रमण गरेर पार्टी र सरकारलाई कमजोर बनाउन खोजेको ओलीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस