आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

माधव नेपालको घुमफिर : ११ महिनामा १० विदेश भ्रमण

AuthorAP Khabar२०७६ बैशाख १८, बुधबार (५ साल अघि) ३२९ पाठक संख्या

 बैशाख १८ भ्रमणबाट फर्केको २४ घण्टा नबित्दै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल सोमबार अमेरिका प्रस्थान गरे ।  यो उनको दोस्रो अमेरिका भ्रमण हो ।

पटक–पटक विदेश भ्रमणमा निस्केको भन्दै पार्टीभित्र नेपालबारे टीकाटिप्पणी हुने थालेको छ । ‘अहिले त उहाँ पारिवारिक कामका लागि अमेरिका जानुभएको छ,’ नेकपा प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले भने, ‘उहाँको पटक–पटकको विदेश भ्रमणले एकतामा विलम्ब भएको छ ।’  पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल पार्टी एकता घोषणा भएको ११ महिनामा १० पटक विदेश भ्रमणमा निस्केका छन् ।

उनी नेकपाभित्र सबैभन्दा धेरै विदेश भ्रमण गर्ने शीर्ष नेतामा पर्छन् । उनी सबैभन्दा धेरै चीन तीनपटकगएका छन् । अमेरिका दुईपटक पुगे । नेपालले बेलायत, लाओस, घाना, कम्बोडिया, ब्राजिल एक–एकपटकभ्रमण गरेका छन् । नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस