आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

AuthorAP Khabar२०७६ बैशाख १८, बुधबार (५ साल अघि) ५२० पाठक संख्या

बैशाख १८ काठमाडौं : छिमेकी देश चीनको भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किएकी छन् । ९ दिने भ्रमणका लागि चीनको भ्रमणमा रहेकी राष्ट्रपति भण्डारी स्वास्थ्यमा समस्या आएकाले निर्धारित समयभन्दा एक दिन अगावै स्वेदश फर्किएकी हुन् ।

राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलमा स्वागत गरेका थिए । चीन भ्रमण उपलब्धीमुलक भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । परराष्ट्रमन्त्री ज्ञवाली पनि राष्ट्रपति भण्डारीसँग चीन भ्रमणमा गएका थिए ।

भ्रमणका क्रममा राष्ट्रपति बेइजिङमा आयोजना भएको दोस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसनमा सहभागी भएकी थिइन् । भ्रमणका अवसरमा नेपाल र चीनका राष्ट्रपतिबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता भएको थियो । वार्तापछि पारस्परिक सहयोगसम्बन्धी ७ समझदारीपत्रमा हस्ताक्षर भएको थियो । उनी बैशाख ११ गते चीन प्रस्थान गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस