आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कांग्रेस र मजदूर एक-अर्काका सहयोगी हुन्, मजदुर आन्दोलन कांग्रेसले नै गरेको थियो : देउवा

AuthorAP Khabar२०७६ बैशाख १८, बुधबार (५ साल अघि) ३९५ पाठक संख्या

बैशाख १८ काठमाडौं । आज (बुधबार) विश्व मजदुर दिवसका अवसरमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुभकामना दिएका छन् । श्रमिक वर्गले लामो सङ्घर्षपछि आफ्नो अधिकार प्राप्त गरेको ऐतिहासिक दिन भएको उल्लेख गर्दै उनले कांग्रेस र मजदूर एक अर्काका सहयोगी रहेको बताएका छन् ।

पूर्वप्रधानमन्त्री देउवाले शुभकामना सन्देश जारी गर्दै २००३ सालमा कांग्रेसको नेतृत्वमा विराटनगरमा मजदूरहरुको पहिलो ऐतिहासिक आन्दोलन भएको स्मरण गराएका छन् । लामो संघर्षपछि मजदुरहरुले आफ्नो अधिकार पाएको प्रति उनले खुसी व्यक्त गरे ।

शुभकामना सन्देशमार्फत देउवाले अझैँ कतै बाँकी रहेका मजदुरमाथिका समस्या समाधान गरिने जनाएका छन् । उनले लोकतन्त्रमा श्रमको सम्मान हुने भएकाे बताउँदै लोकतन्त्रको रक्षा र संवर्द्धनमा सम्पूर्ण श्रमिक सजग र जिम्मेवार रहने विश्वाससमेत व्यक्त गरेका छन्।

“कांग्रेसको जननिर्वाचित सरकारले नै विसं २०१६ मा कारखाना र मजदूरसम्बन्धी कानुनको तर्जुमा गगर्दै मजदूरलाई कानूनसम्मत अधिकार प्रदान गरेको हो । नेपाली कांग्रेसको नेतृत्व र अग्रसरतामा श्रमिकको अधिकार सुनिश्चित गराउन २०४८ सालमा श्रम ऐन, २०४९ सालमा ट्रेड युनियन ऐन र २०७४ सालमा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र संशोधित श्रम ऐन ल्याएको थियो ।”
देउवाले जारी गरेकाे शुभकामना सन्देशमा छ ।

प्रतिक्रिया दिनुहोस