आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपाका नेता चढेको कार दुर्घटना, चार घाइते

AuthorAP Khabar२०७६ बैशाख १८, बुधबार (५ साल अघि) ४८० पाठक संख्या

बैशाख १८ नेकपाका नेता चढेकाे कार दुर्घटना हुँदा चार जना घाइते भएका छन्। बुधबार दाङबाट बुटवल जाँदै गरेको बा १९ च १३३ नम्बरको कार पूर्व पश्चिम राजमार्गको शितगंगा नगरपालिक–८ अर्घाखाँचीमा दुर्घटना हुँदा नेकपाका प्रदेश कमिटी सदस्य, युवा संघका प्रदेश अध्यक्षसहित चार जना घाइते भएका हुन्।

दुर्घटनामा युवा संघ प्रदेश ५ का अध्यक्ष मनोहर बुढाथोकी, प्रदेश सदस्य लक्ष्मण शर्मा, शिवकुमार आचार्य, शिवानन्द गिरी घाइते भएका छन्।

कारलाई नारायणघाटबाट दाङको घोराही आउँदै गरेको ना ६ ख ४३४९ नम्बरको ट्रकले ठक्कर दिएको थियो। घाइते सबै जनालाई दाङमा प्रारम्भिक उपचारपछि नेपालगञ्ज रिफर गरिएको दाङ प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस