आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

युवतीमाथि यौन दुरव्यवहार गर्ने अधिकृतलाइ माफी मगाएर छाडियो, स्थानीय आक्रोसित

AuthorAP Khabar२०७६ बैशाख १८, बुधबार (५ साल अघि) ६१८ पाठक संख्या

बैशाख १८ इलाम । यौन दुव्र्यवहारको आरेप लागेका चुलाचुली गाउँपालिकाका प्रशासकीय अधिकृतलाइ माफी मगाएर छाडिएको छ ।

एक साता अघि गाउँलिका प्रशासकीय अधिकृत काजीमान राईले चिया, नास्ता पुर्याउन आउने किशोरीलाई अपशब्द बोल्दै यौन दुरव्यवहार गरेको आरोप लागेको थियो । त्यसपछि पिडितका पक्षमा स्थानीय सर्वसाधारणहरूले गाउँपालिका प्रशासनलाई दुरब्यबहार गर्ने राईलाई कार्वाही गर्न माग गर्दै गाउँपालिका कार्यलय घेराउ गरेका थिए ।

बैशाख १६ र १७ गते साेही घटनाले गर्दा गाउँपालिको कामकाज ठप्प हुँदा सेवाग्राहीहरूले आफुहरूले समयमै सेवा नपाएको गुनासो समेत गरेका थिए ।

तर यौन दुव्र्यवहार आरोप लागेका राइलाई चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईले कार्बाही गर्नको साटो माफी मात्रै मगाएर छुटकारा गरेको भन्दै स्थानीय बासी आक्रोस भएका छन् । गाउँपालिका कार्यलयमा सर्वसाधारणहरूको आक्रोस र भिडलाई हटाउनकै लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट इन्सपेक्टर सहितको टोली पुगेको थिए ।

म‌‌गलबार साँझसम्मको तनावलाई सामान्य पार्न शसस्त्र प्रहरीको टोलीसमेत खटाईएको थियो ।
साँझ ७ बजेसम्म सबै वडाका जनप्रतिनिधिहररु भेला भएर कार्वाहीको माग गरेका थिए । तरपनि अाराेपीत राइमाथि कुनै कारवाही भएन ।

पिडित परिवारले अधिकृतलाई कानुनी कारबाही नगरेमा पिडितले न्याय नपाउने भन्दै सरकार पक्षले दवाव र त्रास देखाएर एउटा जिम्मेवार अधिकृतको कुकार्यलाई लुकाउन र आरोपीलाई सुरक्षा दिन खोजेको भन्दै स्थानीयले आक्रोस पोखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस