आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चोरी गरी झ्यालबाट हामफालेर भाग्दाभाग्दै एकजना पक्राउ

AuthorAP Khabar२०७६ बैशाख १८, बुधबार (५ साल अघि) ३१० पाठक संख्या

बैशाख १८ काठमाडौँको अनामनगरमा चोरी गरेर झ्यालबाट हाम फाल्दाफाल्दै एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान जिल्लाको धरान नगरपालिका–११ घर भई हाल काठमाडौं महानगरपालिका–२९ अनानगर नै बस्ने वर्ष ३२ का कृतन राई रहेका छन् ।

अनामनगरमै रहेको सगरमाथा पोलुसन कन्ट्रोल कमिटीको शाखा कार्यालयको दराजमा रहेको उक्त रकम चोरेर भाग्ने क्रममा स्थानीयको सहयोगमा प्रहरीले चारलाई पक्राउ गरको हो । संस्थामा कोही नभएको मौकामा कार्यालय र दराजको ढोका फोरेर पैसा चोरी झ्यालबाट भाग्दै गर्दा समातिएको प्रहरीले जानकारी दिएको छ । प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको बताइएको छ ।

राईले सोही कार्यालयबाट २ वर्षअघि ल्यापटप समेतको धनमाल चोरी गरी सो मुद्दामा २ वर्ष कैद सजाय भोगेर कारागारबाट भुक्तान गरी छुटेको १ महिना नबित्दै पुन चोरी कार्यमा संलग्न भएका हुन् ।

प्रतिक्रिया दिनुहोस