आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कपिलवस्तुमा भरुवा बन्दुकसहित शव फेला

AuthorAP Khabar२०७६ बैशाख १८, बुधबार (५ साल अघि) ३०७ पाठक संख्या

बैशाख १८ कपिलवस्तुकाे शिवराज नगरपालिका–९ मा भरुवा बन्दुकसहित शव फेला परेको छ । शिवगढी नजिक बगराह खोलाको किनारमा अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको र शवको नजिकै एक थान भरुवा बन्दुकसमेत रहेको प्रहरीले जनाएको छ ।

शवको पहिचान हुन नसकेको वडा प्रहरी कार्यालय सुन्दरी डाँडाका प्रहरी निरीक्षक मधु सिंहले बताए । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव परीक्षणका लागि शिवराज अस्पताल बहादुरगञ्जमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस