आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मजदुर दिवसकै दिन म्याग्दीमा माटोको ढिस्कोले पुरिएर मजदुरको मृत्यु

AuthorAP Khabar२०७६ बैशाख १८, बुधबार (५ साल अघि) ३७५ पाठक संख्या

बैशाख १८ म्याग्दी,१३०औँ अन्तराष्ट्रिय श्रमिक दिवसकै दिन आज म्याग्दीमा सडक खन्ने क्रममा एक जना मजदुरको मृत्यु भएको छ । जिल्लाको निर्माणाधीन बेनी-दर्बाङ सडक खण्डमा कामगर्दै गर्दा माथीबाट खसेको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो ।

मृत्यु हुनेमा बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नं. २ का अन्दाजी ३५ वर्षका कालुराम थारु रहेका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार बुधबार निर्माणाधीन सडकको १० मिटर जति माथीबाट खसेको ढिस्कोले पुरिएर थारुको मृत्यु भएको हो ।

स्थानीयको सहयोगमा डोजरले माटोको ढिस्को पन्छाएर शव निकालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस