आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मजदुर बिना देश बलियो हुन सक्दैन राजप बाराका प्रवक्ता सिहं

AuthorAP Khabar२०७६ बैशाख १९, बिहिबार (५ साल अघि) १२९५ पाठक संख्या

एपी खबर
जीतपुर, बैशाख १९ : अन्तर्रािष्ट्रय मजदुर दिवासको अवसरमा राजपा नेपाल बाराका प्रबक्ता अरुण सिंहले मजदुरहरुको हक हित संरक्षण सम्बन्धी नेपाल सरकारले कुनै ठोस कदम न चालेको आरोप लगाउनुभएको छ ।

उहाँले मजदुरहरु आफ्नो देश र देश वासिहरुको लागि खुन पसिना बगाएर दिन रात काम गरे पनि उचित पारिश्रमिक न पाएको प्रति चिन्ता ब्यक्ता गर्दै घरका एक सदस्यको कमाईबाट आफ्नो जाहान परिवारको खर्च चल्नसक्ने तलब हुनुपर्ने धारणा राख्नुभएको छ ।

युवा नेता सिंहले मजदुरहरुको मेहनतले नै हामी सबै नागरिक मजबुत हुने हो भन्ने कुरा बिर्सनु हुदैन भन्दै मजदुर बिना राष्ट्रलाई बलियो बनाउने कल्पना सम्म गर्न नसकिने बताउनुभयो ।

उहाँले मानव शरिरमा भएका हरेक पहिरनमा मजदुरको पसिना भएकोले त्यसको सम्मानका लागि उचित पारिश्रमीकका साथै स्वदेशमै रोजगारीको वातावरण सृजना गर्नुपर्ने सरकारसंग माग गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस