आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रदेश २ को नाम र राजधानी विषयमा प्रदेश सरकार प्रतिवेदन सार्वजनिक गर्दै

AuthorAP Khabar२०७६ बैशाख १९, बिहिबार (५ साल अघि) ७४४ पाठक संख्या

बैशाख १९ प्रदेश २ को राजधानी र नामको विषयमा प्रदेश २ सरकारले प्रतिवेदन सार्वजनिक गर्न लागेको छ । आज विहान साढे १० बजे मुख्यमन्त्री कार्यालयमा पत्रकार सम्मेलन गरी राजधानी र नामको विषयमा प्रदेश सरकारले प्रतिवेदन सार्वजनिक गर्न लागेको हो ।

राजधानी र नाम टुंगो लगाउन गत कार्तिक १२ गते प्रदेश २ मन्त्रिपरिषद बैठकले डा।हरिवंश झाको संयोजकत्वमा ३ सदस्यीय संवाद तथा सुझाव आयोग गठन गरेको थियो ।

आयोगलाई गठन भएकै बेलादेखि प्रदेश २ को आठवटै जिल्लाबाट राजनितिक दल, नागरिक समाज, संघसंस्था तथा बढी भन्दा बढी व्यक्तिसंग सल्लाह र सुझाव संकलन गरी ४५ दिनभित्र प्रतिवेदन प्रदेश सरकारलाई बुझाउन भनेको थियो । तर आयोगले संकलन गरेको सुझावको प्रतिवेदन प्रदेश सरकारले ६ महिनापछि सार्वजनिक गर्न लागेको हो ।

सरकार गठन भएको लामोसमयसम्म प्रदेशको नाम र राजधानी नट्युंग्याउँदा प्रदेश सरकारको चर्को आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस