आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

फोरम र नयाँ शक्ति पार्टीबिच वैशाख २३ गते एकता

AuthorAP Khabar२०७६ बैशाख १९, बिहिबार (५ साल अघि) ३३० पाठक संख्या

काठमाडौं, वैशाख १९ गते ।

संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालबीच एकता हुन लागेको छ । लामो समयदेखि एकीकरणको प्रयासमा रहेको दुवै दलबीच अगामी वैशाख २३ गते एकता घोषणा हुन लागेको हो ।

पार्टी एकतालगत्तै अहिलेसम्म एकीकृत पार्टीमा दुवै दलका अध्यक्ष रहने गरि अध्यक्षमण्डल रहने तयारी भएको छ । अर्थात नेकपाको मोडेलमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराई दुईजना नै अध्यक्ष रहने बताइएको छ । निर्णय गर्ने अधिकार दुवैजनाको समान रहने भएपनि वरिष्ठताक्रममा भट्टराई पहिलो नम्बरमा रहने बताइएको छ ।

अरु पदको बारेमा दुई पार्टीबीच छलफल भइरहेको छ । नयाँ शक्ति नेपालले एउटा अर्को शर्त पनि अघि सारेको छ, त्यो सरकार छाड्ने कुरा । नयाँ शक्तिले फोरम नेपाललाई सरकार छाड्न भनेको छ । यसको विषयमा फोरम नेपालले कुनै निर्णय दिएको छैन । यस विषयमा पार्टीमा छलफल गरेर जानकारी गराउने भनेको छ ।

फोरम नेपालले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई यो एकीकरणमा सामेल गराउन भनेको छ । त्यसका लागि एक दुईपटक तीनटै दलको बीचमा छलफल पनि भएको छ, तर राजपा नेपालको तर्फबाट खासै सक्रियता नदेखाएपनि फोरम नेपाल र नयाँ शक्ति नेपालले भने पार्टी एकताको मिति तय गरेका हुन् ।
नयाँ शक्तिसँग एकीकरण गर्ने निश्चित भएपछि फोरम नेपालले आफ्नो केन्द्रीय महाधिवेशन सार्ने तयारी गरिरहेको श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस