आज:  २०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

काठमाडौँको  पिपलको रुखमा झुण्डिएको अवस्थामा एकजनाको शव फेला

AuthorAP Khabar२०७६ बैशाख १९, बिहिबार (५ साल अघि) ४०६ पाठक संख्या

बैशाख १९ काठमाडौँ – काठमाडौँको गौशाला नजिकै पिपलको रुखमा झुण्डिएको अवस्थामा एकजनाको शव फेला परेको छ ।

बिहिबार बिहान सात बजे पिपलको रुखमा शव देखेपछि स्थानीय बासिन्दाले खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको हो ।

प्रहरी वृत गौशालाका प्रमुख डिएसपी सुनिल मल्लका अनुसार उक्त शब खोटाङ घर भइ हाल काठमाडौँ महानगरपालिका–६ बौद्ध बस्दै आएका अन्दाजी ३५–४० वर्षका आङ दावा शेर्पाको हो ।

यो हत्या वा आत्महत्या के हो भन्ने स्पष्ट नभएको र थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस