आज:  २०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

लौरो झिक्न बस चढेका वृद्धको ढोकाबाट खसेर मृत्यु

AuthorAP Khabar२०७६ बैशाख १९, बिहिबार (५ साल अघि) ३५१ पाठक संख्या

बैशाख १९ रामेछाप,रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका–४ बेतालीमा बसबाट खसेर एक वृद्धको मृत्यु भएको छ । बिहीबार प्रितिबाट सदरमुकाम मन्थलीतर्फ आउँदै गरेको अरनिको यातायातको बा ३ ख ९६६२ नम्बरको यात्रुबाहक बसको ढोकाबाट खसेर बेतालीका ६५ वर्षीय वृद्ध होमप्रसाद घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ।

घिमिरे उक्त बसमा बुधबार जन्ती गएका थिए। जन्ती जाँदा उनले टेक्ने लौरो बसमा छुटेपछि निकाल्न आज बिहान बस रोकेर लौरो झिक्न चढेका थिए। बेतालीको बाहुनी मोडमा लौरो झिक्न बस चढेका उनको बस चढेको ठाउँबाट करिब ५ मिटर पर पुगेपछि ढोकाबाट खसेर ज्यान गएको प्रत्यक्षदर्शीले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय रामेछाप प्रवक्ता शेख अदालतका अनुसार बसको ढोकाबाट घिमिरे र बसका सहचालक सँगै खसेका थिए। बसबाट खसेकै ठाउँमा घिमिरेको ज्यान गएको र सहचालक सामान्य घाइते भएको प्रवक्ता अदालतले जानकारी दिए। बस र चालकलाई बेताली प्रहरी चौकीले नियन्त्रणमा लिएको छ। एक हप्ता अघि मात्रै बसको ढोकाबाट खसेर रामेछापको मन्थलीस्थित लिपेखोलामा एक महिलाको ज्यान गएको थियो।

प्रतिक्रिया दिनुहोस