आज:  २०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आधा शरीर गुमाएका युवराज, ३४ बालबालिकाको अभिभावक

AuthorAP Khabar२०७६ बैशाख १९, बिहिबार (५ साल अघि) ५२५ पाठक संख्या

बैशाख १९ काठमाडौं । १३ वर्षदेखि सडक बालबालिकाको शाहारा बन्दै अपांग समाज नेपाल, अपांगता भएका सञ्चालकले नै धानिरहेका छन् संस्था /सञ्चालक नै आपंगता भएका समाजसेवी ।

हाम्रो समाजमा अपांगता भएको व्यक्तिको दैनिकी कसको साहारामा चल्ला भन्ने लाग्ला त्यसको उत्तर हुन्छ परिवारका सदस्यको । तर यही समाजमा यस्ता केही उदाहरणीय पात्र पनि छन् जो ३४ बालबालिकाको अभिभावक बनेर बसेका छन् त्यो पनि १३ वर्षदेखि ।

काठमाडौं शहरबाट केही पर, साँखु जाने सडकसँगै जोडिएको एक सामाजिक संस्था । भित्र भेटिन्छन्, शारीरक र मानसिक सन्तुलन नभएका बालबालिका अनि उनीहरुका स्याहारका लागि खटिएका आमा ।

बाहिरी बनावट हेरेर नै अड्कल गर्न सकिन्छ कि यो कुनै राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय गैह्र सरकारी निकायले चलाएको संस्था होइन भनेर ।

हो, द्धन्द्ध पीडित तथा अपांग समाज नेपाल कलिलै उमेरमा आधा शारीरिक शक्ति गुमाएका तर आत्मविश्वास कहिल्यै नगुमाएका एक साहसी समाजसेवी युवराज थापाको नेतृत्वमा चलिरहेको संस्था हो ।

स्कुले उमेरदेखि नै साथीभन्दा फरक, उतिबेलाको विकट पहाडी जिल्लाको जिवनशैली, खेती किसानीमा अडिएको परिवार, अपांगता भएकैकारण युवराजले खेप्नु परेको सास्ती, बयान गरिसाध्य छैन । तर आफ्नो फरक क्षमतामा विश्वास गर्ने उनले हिम्मत कहिल्यै हारेनन् । आफूजस्तै र आफूभन्दा नाजुक अवस्थाका बालबालिकाको शाहारा बन्ने उनको सपनालाई साकार पर्नेक्रममा जोडिएकी श्रीमती लक्ष्मीको साथ उनका लागि दरिलो काँध बन्यो ।

तीनजना बालबालिकाबाट १३ वर्षअघि संस्था शुरु गर्दा न कुनै आर्थिक स्रोत थियो, न संरचना । सडकमा भेटिने अनाथ, विभिन्न रोगबाट गुज्रिएका बालबालिकाकालाई छत्रछायाँ दिनु सकारात्मक कदम पक्कै थियो । तरपनि संस्थामा राखिने अधिकांश बालबालिका कुनै शारिरीक अनि मानसिक विकास हुन नसक्ने अवस्थाका हुँदा विदेशी निकायले सहयोग गर्न हिच्किचाए ।

अहिले थोरै सरकारी अनि सामाजिक सञ्जालमार्फत् केही मनकारीहरुको सहयोगले संस्था टिकिइरहेको छ । संस्थामा ३४ जना बालबालिका छन् १३ वर्षको अवधिमा १४ जना यहीबाटै बिदाइ भइसके । जो संस्थामा आश्रय लिन आइपुग्छन् उनीहरुका लागि युवराज, लक्ष्मी अनि उनै दाइ दिदीहरुको स्याहार र माया नै अभिभावकको भन्दा कति फरक लाग्दैन ।

कुनै समय आफ्नै आफन्त र छरछिमेकले समेत आफ्नो सन्तानलाई हेलाको नजरले हेर्दा बुबाको चित्त नराम्रोसँग काटिएको थियो । अपांगता भएको छोरोको भविष्य सम्झिँदा हैरानी लागेर आउँथ्यो।

अपांगता भएकै कारण कसैको दयाको पात्र नभइ आफ्नो पाखुरीमा रमाएका अनि अरु धेरै बालबालिकाका लागि जीवनदाता बनेका युवराज थापा । श्रीमानको सकारात्मक कदममा हातमा हात काँधमा काँध दिँदै आएकी लक्ष्मी राई । यस्ता मनकारी दम्पतीकोजस्तो उदाहरणीय कार्य समाजमा बिरलै भेटिने गर्छ ।

प्रतिक्रिया दिनुहोस