आज:  २०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

लागुऔसधसहित मकवानपुरमा दुईजना पक्राउ

AuthorAP Khabar२०७६ बैशाख १९, बिहिबार (५ साल अघि) ३०३ पाठक संख्या

बैशाख १९ , हेटौंडा ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले छुट्टाछुट्ट स्थानबाट ३ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले लागु औषध सहित २ जना र चोरीको मोटरसाइकल सहित एक जनालाई पक्राउ गरेको जानकारी दिएको छ । मकवानपुर प्रहरी कार्यलय अन्तर्गत रहेको इलाका प्रहरी कार्यालयबाट गएको गस्तीले हेटौडा उपमहानगरपालिका (१४ रातोमाटेमा शंकास्पद रुपमा पार्किङ्ग गरिरहेको वि आर २९७५६५ नम्बरको सुमोलाई चेकजाँच गर्दा ३१ केजी गाँजा फेला परेको हो । े गाडीको पछाडी फल्सबटम बनाइ ४ वटा पोकामा राखेको भेटिएको थियो । उक्त गाजा र सुमो सहित बिहार बस्ने भारतीय नागरिक बर्ष २६ को राजकुमार यादबलाई नियन्त्रणमा लिएको छ। यसैगरी जिल्ला प्रहरी कार्यलयबाट खटिएको बिशेष टोलीले ललितपुर महानगरपालिका (८ बस्ने संजय महर्जनलाई पक्राउ गरेको छ। शंका लागी खानतलासी गर्दा निजको शरीरबाट लागुऔषध डाइजपाम ३० एम्पुल,नोर्फिन ३० एम्पुल र फेनार्गन ३० एम्पुल बरामद भएकोले निजलाई पक्राउ गरि लागु औषध ऐन २०३३ अनुसार आवश्यक अनुसन्धान भै रहेको बताइएको छ। यसैगरि हेटौडा उपमहनाग्र्पालिका (१४ सुगौली बस्ने विकास थिङ्गलाइ जिल्ला प्रहरी कार्यालयबाट खटिएको बिशेष टोलीले चोरीको मोटरसाइकल सहित पक्राउ गरेको छ। मनहरी घर भै हाल हेटौडा उपमहानगरपालिका (५ बस्दै आएका प्रबिण बर्तौलाको ग ११ प ४९४७ नम्बरको क्रस फायर मोटरसाइकल २ दिन अघि हेटौडा उपमहानगरपालिका (१५ बाट पार्किङ्ग गरिरहेको ठाउबाट चोरी भएको थियो।कसुर प्रमाणित भएपछि निजलाई मुलुकी आचार संहिता २०७४ को परिच्छेद २० को चोरी तथा डाका कसुरमा ३ बर्षसम्म कैद र ३० हजार सम्म जरिवाना हुने जिल्ला प्रहरी प्रमुख मुकेश सिंहले बताए।

प्रतिक्रिया दिनुहोस