आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नयाँ शक्ति-फोरम एकीकरणमा राजपा र जनमुक्ती पार्टी पनि सामेल

AuthorAP Khabar२०७६ बैशाख १९, बिहिबार (५ साल अघि) ४३४ पाठक संख्या

बैशाख१९ काठमाडौं : एकीकरणका लागि अन्तिम कसरतमा नयाँ शक्ति र फोरम नेपाल अघि बढेपछि बिहीबार त्यसमा राजपा नेपाल र राष्ट्रिय जनमुक्ति पार्टी पनि सामेल भएका छन्।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भटराईको नेतृत्वमा रहेको नयाँ शक्ति पार्टी कार्यालयमा एकीकरणकै लागि भटराई, राजपा नेपालका अध्यक्षद्वय महन्थ ठाकुर र राजेन्द्र महतो, फोरम अध्यक्ष उपेन्द्र यादव र जनमुक्ति पार्टीको नेताबीच छलफल भएको छ।

फोरम र नयाँ शक्तिको बीचमा एकीकरणमा मोटामोटी सहमति भएलगत्तै राजपा र जनमुक्ति पार्टी पनि सहभागी भएका हुन्।

बिहीबारको छलफलपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईलाई सबै पार्टीको एकीकरण गर्नेगरी खाका तयार पार्ने जिम्मा दिइएको छ।

प्रतिक्रिया दिनुहोस