आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सरकारले जनताको सुःखसहितको समृद्धि चाहेको छ : प्रधानमन्त्री

AuthorAP Khabar२०७६ बैशाख २०, शुक्रबार (५ साल अघि) ३७९ पाठक संख्या

बैशाख २०
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनताको सुःखसहितको समृद्धि चाहेको बताएका छन् । प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपालः सुःखी नेपाली’ नेपाली जनताको साझा सपना भएकाले त्यसलाई पूरा गर्न सरकार क्रियाशील रहेको दावी गरेका छन् ।

ओलीले दक्षिण एशीयाली राष्ट्रहरुको समृद्धि र त्यहाँका जनताले सुःख पाएको हेर्न नेपाल आतुर रहेको बताए । शुक्रबार ‘सार्क चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रि’का पदाधिकारीहरुसँग आफ्नै सरकारी निवास बालुवाटारमा भएको सामूहिक भेटमा प्रधानमन्त्रीले नेपाल र दक्षिण एशीयाली राष्ट्रहरुको समृद्धिका लागि त्यहाँको युवा जनशक्तिलाई परिचालन गर्नुपर्ने प्रस्ताव पनि अघि सारे । नेपालमा ४० प्रतिशत युवाहरु र ६० प्रतिशत भन्दा बढि काम गर्ने उमेर समूहका मानिसहरु रहेकाले उनीहरुलाई समृद्धिको अभियानमा परिचालन गर्ने उनले बताए ।

उनले नेपालमा लगानी गर्न बैदेशिक लगानीकर्ताहरुलाई पुनः आह्वान पनि गरेका छन् । नेपालमा लगानी गरे त्यसको प्रतिफलको ग्यारेन्टी सरकारले गर्ने प्रधानमन्त्रीको भनाई छ । प्रधानमन्त्री ओलीले नेपालमा गरिएको लगानी खेर जान नदिन सरकारले सुशासनमा जोड दिए बताउँदै निजी क्षेत्रसँगको सहकार्यमा मुलुकलाई समृद्ध बनाउने सरकारको योजना रहेको उनले बताए । उनले नेपालमा लगानीका लागि आवश्यक सबै वातावरण बनेको दावी पनि गरे ।

प्रतिक्रिया दिनुहोस