आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

समायोजनमा कर्मचारीको गुनासो एक हप्ताभित्रै सम्बोधन गर्छु : मन्त्री पण्डित

AuthorAP Khabar२०७६ बैशाख २०, शुक्रबार (५ साल अघि) ३१९ पाठक संख्या

बैशाख २०

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आगामी एक हप्ताभित्रै कर्मचारी समायोजनको सम्पूर्ण काम सम्पन्न गरिसक्ने बताएका छन् । शुक्रवार काठमाडौँमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले प्रशासनिकतर्फको कर्मचारी समायोजनको धेरैजसो काम सम्पन्न भैसकेको बताए ।

मन्त्री पण्डितले मुलुक यति बेला सङ्घीयता कार्यान्वयनको चरणमा रहेकोले सरकार त्यसतर्फ सचेत भएर अघि बढिरहेको पनि बताएका छन् । सङ्घीयता कार्यान्वयनका कामहरू अघि बढाउँदा केही अप्ठ्याराहरू आएपनि वर्तमान सरकारले बढो जिम्मेवार ढङ्गले कामहरू सम्पन्न गरिरहेको पनि मन्त्री पण्डितको भनाई छ । समायोजनको विषयमा कर्मचारीहरूले उठाएका र राखेका जायज गुनासाहरूलाई सरकारले सम्बोधन गरेको पनि उनले बताए । त्यस्तै, फरक क्षमता भएका लगायतका अन्य कर्मचारीहरूको पनि आफूहरूले उचित व्यवस्थापन गर्ने मन्त्री पण्डितले विश्वास दिलाए । उनले स्थानीय तहको सवालमा पनि यो वर्षको असार मसान्तभित्रै कर्मचारीको सबै व्यवस्थापन भइसक्ने दाबी गरेका छन् ।

उनले प्रदेश लोकसेवा आयोग गठन नहुञ्जेलसम्म केन्द्रले कर्मचारी भर्नाको आवश्यकता गर्ने भएकोले आउने हप्ताभित्र स्थानीय र प्रदेश तहको लागि कर्मचारी आवश्यकत्ताको लागि विज्ञापन गरिने जानकारी दिए । वर्तमान सरकारले अघि सारेको ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारा साकार हुने दिशातर्फ मुलुक अघि बढिरहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस