आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

संघीय संसदमा सरकारको निति तथा कार्यक्रम प्रस्तुत राष्ट्रपति भण्डारीले भनिन् : भष्ट्राचार मुक्त देश बनाउन सरकार लागेको छ

AuthorAP Khabar२०७६ बैशाख २०, शुक्रबार (५ साल अघि) ४२३ पाठक संख्या

बैशाख २० काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आगामी आर्थिक वर्ष ०७५र७६को निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । समृद्ध नेपाल र सुखी नेपालीको आंकाक्षा पुरा गर्न राष्ट्रिय नारा निर्धारण गरिएको स्मरण गर्दै राष्ट्रपति भण्डारीले कार्यक्रमको सुभारम्भ गर्नुभएको छ ।

निति तथा कार्यक्रम प्रस्तुत गर्नुपहिले उहाँले राष्ट्रिय एकतालाई ध्यानमा राखेको बताउनु भएको छ । भष्ट्राचार मुक्त देश बनाउन सरकार लागेको बताउदै सरकारले देशमा सुशासन कायम गरेको र हत्या हिंसा अन्त्य भएको उहाँले बताउनु भयो । देशमा यही सरकारको पालामा असाधारण उपलपिब्ध हासिल भएको बताउनु भयो ।

साथै नेपालकाे विकासमा छिमेकी मुलुकहरुको सहयोग बढेको तथा आफ्नो चिन भ्रमणको क्रममा ६ ओटा महत्वपुर्ण सम्झौता भएको बताउनु भएको छ । विभिन्न देशमा भएका भ्रमणले विभिन्न देशसंगको सम्बन्ध, महिलाको विकासको विषयमा छलफल भएको उहाँको भनाई छ । भारत र चिन संगको सम्बन्धमा उल्लेखनीय प्रगती भएकोे उहाँले बताउनु भयो ।

सरकारले बनाएको आर्थिक नितिबाट देशमा आर्थिक वृद्धिको आअधार तयामर भएको बताउनु् भएको छ । सरकारले गरेको लगानी सम्मेलनले नेपाल लगानी गर्न योग्गय र उद्यमशिलता भएको देश भनेर प्रमाणित भएको बताउनु भयो । अनावशेक खर्च हटाई विकासमा लगानी गरिएको सम्बोधनको क्रममा भन्नुभयो ।

नेपालको नदीहरुमा नेपालको झण्डा सहितका पानी जहाज चलन थालेको र सरकारको विकासको सोचहरु सही सावित भएको बताउनु भयो ।
जनताको सुख दुखमा घरघरमा पुगेको छ
जुम्लाको सुत्केरी महिलाको उद्धार तथा हावाहुरी पिडित स्थानमा सरकारले चासोको साथ लिएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस