आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एचआइभी सङ्क्रमित सिरिन्ज प्रयोग गरेर ९० जनालाई सारेको आरोपमा चिकित्सक पक्राउ

AuthorAP Khabar२०७६ बैशाख २०, शुक्रबार (५ साल अघि) ४१० पाठक संख्या

बैशाख २०

कराँची– पाकिस्तानमा एचआइभी सङ्क्रमित सुई प्रयोग गरी ६५ जना बालबालिका समेत कम्तीमा ९० जनामा एचआइभी सारेको आरोपमा चिकित्सक पक्राउ परेका छन्।

स्थानीय प्रहरी अधिकारी कमरान नवाजले स्वास्थ्य निकायहरूबाटै गुनासो आएपछि चिकित्सकलाई गिरफ्तार गरिएको बताए।

उनले ती चिकित्सकलाई समेत एचआइभी सङ्क्रमण रहेको सूचना प्राप्त भएको जानकारी दिए।

कराची बाहिरको लर्काना सहरका १८ जना बालबालिकामा एचआइभी सङ्क्रमित भएको पाइएपछि स्वास्थ्य अधिकारीहरुले थप अनुसन्धान गरेका थिए। त्यसपछि दर्जनौं अरु सङ्क्रमितहरू भेटिएका थिए।

सिन्ध प्रान्तका स्वास्थ्य मन्त्री अजरा पेचुहोले पनि चिकित्सक पक्राउ परेको जानकारी दिए। ‘सङ्क्रमित बालबालिकाका बाबुआमाको पनि रक्त परीक्षण गरिएको तर उनीहरूमा एचआइभी देखिएन,’ मन्त्री पेचुहोले भने।

पाकिस्तानमा एचआइभी सङ्क्रमितको संख्या कमै छ तर पछिल्लो समय यो फैलिने क्रम जारी छ।

खासगरी सिरिन्जबाट लागूऔषधका प्रयोगकर्ता, यौनकर्मी र खाडी राष्ट्रबाट फर्किएका आप्रवासी कामदारमा एचआइभी भेटिने गरेको छ। (रासस-एएफपी)

प्रतिक्रिया दिनुहोस