आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रदेश ३ को राजधानी हेटौंडा र नाम बाग्मती

AuthorAP Khabar२०७६ बैशाख २०, शुक्रबार (५ साल अघि) ६२२ पाठक संख्या

बैशाख २०
मकवानपुर । प्रदेश नम्बर ३ मा स्पष्ट बहुमत रहेको नेकपाभित्र प्रदेशको स्थायी राजधानी हेटौंडा र नाम बाग्मती राख्ने विषयमा केन्द्रीय नेतृत्व सकरात्मक देखिएको छ । योसँगै अस्थायी सदरमुकाम रहेको हेटांडा नै अब स्थायी राजधानी कायम हुने लगभग सुनिश्चित भएको छ ।

तत्कालिन शेर बहादुर देउवा नेतृत्वको सरकारले अस्थायी मुकामको रुपमा हेटांैडालाई घोषणा गरेसँगै प्रदेश सरकारको कामकारबाही हटौंडाबाटै अघि बढिरहेको छ । प्रदेश सभाको चौथो अधिवेशनसम्म आइपुग्दा स्थायी राजधानी नतोकिएको भन्दै मुख्यमन्त्री डोरमणी पौडेलको आलोचना हुँदै आएको थियो ।

डेढ वर्ष अघिदेखि अस्थायी राजधानी रहेको हेटौंडालाई नै प्रदेशको स्थायी राजधानी तोक्न नेकपाका दुवै अध्यक्ष सकारात्मक भएका छन् । हेटौंडा राजधानी राख्ने विषयमा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सकारात्मक भएकाले अब हेटौंडा अस्थायी राजधानीबाट स्थायी राजधानीमा परिणत हुने लगभग पक्का भएको प्रदेश सरकार स्रोतले जनाएको छ ।

सातवटै प्रदेशको अन्तर प्रदेश समन्वय परिषद बैठकमा प्रधानमन्त्री ओलीले हेटौंडाबाट अन्यत्र राजधानी नसर्ने बताउनुभएको बैठकमा सहभागी एकले खुलासा गरेका छन् । हेटौंडा राजधानी राख्ने पक्षमा दुबै अध्यक्ष उभिए पनि कसरी र कुन तरिकाले स्थायी राजधानी राख्ने र नामाकरणका बारेमा प्रदेश सभाका सदस्यहरुलाई सर्कुलेशन गर्ने भन्नेमा अन्योल नै रहेको नेकपाका एक केन्द्रीय नेताले बताएका छन् । यता राजधानीको विषय तत्काल नटुङग्याए बैशाख ३० गते देखि आव्हान गरिएको प्रदेश सभाको चौथो तथा बर्षे (बजेट) अधिवेशन समेत चल्न नदिने प्रमुख प्रतिपक्ष दलको चेतावनी छ ।

गत बैशाख १० गतेबाट हिउँदे अधिवेशनको अन्त्य गरेको प्रदेश सरकारले यही बैशाख ३० गतेका लागि वर्षे अधिबेशन तोकेको छ । वर्षे अधिबेशनमा प्रदेश राजधानी र नामाकरणको बिषय प्रदेशसभा मार्फत टुङ्गो लगाउने तयारी भएको छ । तर, सत्तापक्षकै साँसदहरुमा पनि अझै राजधानीको बिषयमा मतभेद रहेको छ । नेकपा पार्टीको केन्द्रीय समितिले राजधानीको बिषयमा ठोस निर्णय नगर्दा राजधानी टुङ्गिनेमा अझैपनि विश्वस्त हुने अवस्था भने छैन ।

पुष्पराज अधिकारी

प्रतिक्रिया दिनुहोस