आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

काम छिटो गराइदिन्छु भन्दै सेवाग्राहीबाट पैसा असुल्ने विचौलिया पक्राउ

AuthorAP Khabar२०७६ बैशाख २०, शुक्रबार (५ साल अघि) ३३२ पाठक संख्या

बैशाख २०
काठमाडौं : वैदेशिक रोजगार कार्यालय ताहाचलबाट एक विचौलिया पक्राउ परेका छन्।श्रम स्वीकृतिको काम छिटो गरिदिन्छु भन्दै सेवाग्राहीबाट रकम असुल्ने काठमाडौं महानगरपालिका- १३ बाफल बस्ने पाल्पा खानीगाउँ घर भएका ४० वर्षीय पिताम्बर गैरे पक्राउ परेका हुन्।

सेवाग्राहीबाट नगद 2 हजार रुपैयाँ लिने गैरे पक्राउ परेको प्रहरीले जनाएको छ। ताहाचलस्थित कार्यालय बाहिर पानी विक्री वितरण गरी हिंड्ने गैरेले श्रम स्वीकृतिका लागि लाइनमा बसेका दुईजना सेवाग्राहीलाई छिटो काम गरिदिन्छु भनि प्रलोभनमा पारेर पैंसा मागेका थिए।

उनीहरुबाट जनही १/१ हजार रुपैयाँ नगद लिएको अवस्थामा प्रहरी र श्रम कार्यालयका कर्मचारीले पक्राउ गरेका हुन्। प्रहरीले थप अनुसन्धान भइरहेको बताएको छ।

प्रतिक्रिया दिनुहोस