आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आगलागी हुँदा ७ लाखको क्षति

AuthorAP Khabar२०७६ बैशाख २१, शनिबार (५ साल अघि) ३०० पाठक संख्या

लमजुङ, वैशाख २१ गते । लमजुङको बेंसीसहर नगरपालिका ११ चितीको बानियापँधेरोको एउटा घरमा बिहीबार राती आगलागी हुँदा २ तोला सुनसहित नगद ५० हजार रुपियाँ जलेको छ ।
गरगहना, लत्ताकपडासहित ७ लाख रुपियाँ बराबरको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वसन्त पाण्डेले बताउनुभयो । स्थानीय गोपाल कमलीको ढुंगामाटोले बनेको टिनले छाएको २ तले कच्ची घरमा बिजुलीको तार सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट घरको माथिल्लो भाग पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागी भएको खबर पाउनेवित्तिकै प्रहरी टोली खटेर गएको र स्थानीय साथै प्रहरी मिलेर आगो नियन्त्रणमा लिएको थियो ।
आगलागीपीडित कमली आफन्तको घरमा बस्नुभएको छ । केही दिनयता छिनछिनमा बिजुली जानेआउने समस्या भइरहेकाले उच्च भोल्टेजका कारण बिजुली सर्ट भएको हुनसक्ने प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस