आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भारतमा हुने लोकसभा निर्वाचनका कारण नेपाल–भारत सीमा दुई दिन बन्द

AuthorAP Khabar२०७६ बैशाख २१, शनिबार (५ साल अघि) ३२३ पाठक संख्या

बैशाख २१
काठमाडौं । भारतमा हुने लोकसभा निर्वाचनका कारण नेपाल–भारत सीमा नाका आज बेलुकी ६ बजेदेखि ४८ घण्टा बन्द हुने भएको छ ।

भारतको उत्तर प्रदेश राज्यमा हुने निर्वाचन सुरक्षालाई ध्यानमा राखेर जमुनाहा नाका शनिबार बेलुकी ६ बजेदेखि २३ गते बेलुकी ६ बजेसम्मका लागि बन्द हुने भएको हो । जिल्ला प्रशासन कार्यालय बांकेका अनुसार दुई देशका अधिकारीबीच भएको सहमतिअनुसार सीमा नाका बन्द गर्न लागिएको हो । सीमा नाका बन्द हुँदा अत्यावश्यक र बिरामी बोकेका एम्बुलेन्स दुवै देशका सुरक्षाकर्मीको समन्वयमा आवतजावत गर्ने बाहेक अन्य आवतजावत ठप्प हुने बताइएको छ ।

लोकसभा निर्वाचन नजिकिँदै जाँदा भारतीय सुरक्षाकर्मीले सीमा नाका क्षेत्रको सुरक्षा व्यवस्थामा कडाइ गरेको छ ।

प्रतिक्रिया दिनुहोस