आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रधानमन्त्री ओलीकाे स्पष्टिकरण- ‘याे सरकार राष्ट्रपतिकै हाे’

AuthorAP Khabar२०७६ बैशाख २१, शनिबार (५ साल अघि) ३४२ पाठक संख्या

बैशाख २१ काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा व्यक्त अभिव्यक्तिका बारे स्पष्टिकरण दिनुभएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रप्रमुखको हैसियतले यो सरकार राष्ट्रपतिकै भएको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले हिजो नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दा ‘मेरो सरकार’ भन्दै सम्बोधन गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले मेरा शव्दलाई सामुहिक अर्थमा बुझ्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयाे, ‘मैले मेरो देश भन्छु । मैले मेरो देश भन्दा अरुको होइन भनेको होर ? मेरो देश, मेरो राष्ट्रियगान, मैले बनाएको मेरो मात्र हो र ? तर, यो मेरो राष्ट्रिय गौरवको विषय हो । ‘उहँले मेराे ‘मेरो सरकार’को अर्थलाई वृहत्त र सामुहिक अर्थमा बुझ्न पर्ने पनि बताउनुभयाे । यहाँले भन्नुभयाे, ‘राष्ट्रपति देशको अभिभावक हो । राष्ट्रप्रमुख हो । संस्था हो । मैले व्यक्तिको कुरा गरिराखेको छैन । त्यसैले ‘राष्ट्रपतिको हैसियतमा यो राष्ट्रपतिकै सरकार हो’ । र, उहाँले मेरो सरकारको नीति तथा कार्यक्रम भन्नु भएको हो ।’

उहाँले यो अन्तर्राष्ट्रिय प्रचलन भएको समेत बताउनुभयो । यस्तो अन्तर्राष्ट्रिय अभ्यास बौद्धिक जगत तथा मिडियाले बुझ्नुपर्नेमा पनि जाेड दिनुभयाे, छिमेकी मुलुक भारकाे उदाहरण दिँदै भन्नुभयाे, ‘धेरै परको कुरा छाडौं । संसारभरीका कुरा पनि छाडौं । छिमेकी मुलुक भारतमा चलेको प्रचलन पनि हामीले थाहा नपाउँदा अचम्म लागेको छ । भारतमा अर्काे पार्टीको सरकार हुँदा पनि राष्ट्रपतिले ‘माइगभर्मेन्ट’ भन्ने चलन छ ।’

उहाँले हामी भर्खर राजतन्त्रात्मक शासन प्रणालीबाट गणतन्त्रात्मक शासन प्रणालीमा प्रवेश गरेकाले बौद्धिक जगतलाई राजतन्त्रको झल्को लागे समेत बताउनुभयाे । उहाँले प्रश्न गर्नुभयाे, हाम्रो देशमा राष्ट्रपतिले ‘मेरो सरकार’ भन्दा राजतन्त्रको झल्को आउने ? भारत पनि गणतन्त्रात्मक मुलुक हो । तर, हामी भर्खर राजतन्त्रात्मक शासन प्रणालीबाट गणतन्त्रात्मक शासन प्रणालीमा प्रवेश गरेकाले बौद्धिक जगतलाई राजतन्त्रको झल्को लागेको हो । ’

हिजो सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपति भण्डारीले मेरो सरकार भन्ने शब्द प्रयोग गरेपछि राजाकै झल्को दिएको भन्दै सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा व्यापक विरोध भइरहेको छ । प्रमुख प्रतिपक्षलगायत राजनीति दलका नेताहरूले पनि राष्ट्रपतिको सम्बोधनको आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस