आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वडाध्यक्षबाटै दलित समुदायमाथि कुटपिट र जरिवाना

AuthorAP Khabar२०७६ बैशाख २६, बिहिबार (४ साल अघि) ५३० पाठक संख्या

बैशाख २६
सप्तरी । सप्तरीमा अन्तरजातीय विवाह गरेको भन्दै वडाध्यक्षसहितको टोलीले दलित समुदायलाई निर्घात कुटपिट गरेका छन् ।

केटाकेटीलाई खोजेर ल्याउनुपर्ने भन्दै आक्रोशित टोलीले दलित वस्तीमा छिरेर हातपात गरेका हुन् । सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका –५ का राजु खंग (खत्वे)ले सोही ठाउँकी साक्षी सिंहसँग भागी विवाह गरेर फरार भएका छन् ।

गाउँलेलाई ती जोडी भागेर गएको भन्दै सोध्न आएका वडाध्यक्षसहितका व्यक्तिले दलित समुदायका बालबालिका महिला, युवालाई कुटपिट गरेको पीडितको आरोप छ ।

वडाध्यक्षले गाउँभरिका व्यक्तिलाई ४ देखि १० हजारसम्म जरिवाना तथा सहिछापसमेत गराएको पीडितको भनाइ छ ।

दलित रहेकै कारण गाउँका भद्रभलादमीबाट न्याय नपाएको भन्दै राजविराज आएका उनीहरुले दोषीलाई कारवाही हुनुपर्ने माग गरेका छन् । कक्षा ९ मा अध्ययरत राजु र साक्षी केही समयदेखि प्रेम सम्बन्धमा रहेका थिए ।
श्रोत जनता समाचार

प्रतिक्रिया दिनुहोस