आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिको बैठक बस्दै

AuthorAP Khabar२०७६ बैशाख २६, बिहिबार (४ साल अघि) ४५८ पाठक संख्या

बैशाख २६

प्रतिनिधिसभा अन्तर्गतका विभिन्न विषयगत समितिहरुको बैठक आज बस्दैछ । संघीय निजामती सेवा गठन, सञ्चालन र सेवा सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक माथि छलफलका लागि राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ ।

राज्य व्यवस्था समितिको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । समितिको वार्षिक प्रतिवेदन सम्बन्धमा छलफलका लागि कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ । महिला तथा सामाजिक समितिको बैठक बिहान ११ बजे बसेको छ । बैठकमा राष्ट्रिय समावेशी आयोगको हक सम्बन्धमा कामकारबाही एवं भावी रणनीतिक योजनाका सम्बन्धमा छलफल हुने संसद सचिवालयले जनाएको छ ।

यस्तै, राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक पनि दिउँसो १ बजेका लागि बोलाएको छ । बैठकमा प्रादेशिक अन्तक्र्रिया कार्यक्रमको प्रतिवेदन लगायत विविध विषयमा छलफल हुने सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस