आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मधेशको आशा–भरोषाको केन्द्र राजपा नेपाल मात्र : राजकिशोर

AuthorAP Khabar२०७६ बैशाख २६, बिहिबार (५ साल अघि) ४३६ पाठक संख्या

जनकपुरधाम, २६ बैशाख । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका नेता राजकिशोर यादवले मधेशको आशा भरोषाको केन्द्र राजपा नेपाल मात्र रहेको दाबी गरेका छन् ।

उनले राजपा नेपाल गठनदेखि नै मधेशी लगायत उत्पीडित समुदायहरुको हक अधिकारका लागि संघर्षरत् रहेको जिकिर गर्दै भने, ‘नेपालमा उत्पीडितहरुका हक अधिकार राजपाले मात्र स्थापित गराउन सक्छ ।’
बिहीबार जनकपुरधाममा जनतान्त्रिक तराई मुक्ति पार्टीका नेता कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउँदै पूर्वसञ्चारमन्त्रीसमेत रहेका यादवले यस्तो दाबी गरेका हुन् ।

मधेशका सम्पूर्ण शक्तिहरुलाई राजपामा आबद्ध भई अधिकार प्राप्तिको संघष अगाडि बढाउन समेत यादवले आह्वान गरेका हुन् । वर्तमान सरकारले बारम्बार आफूहरुलाई संविधान संशोधन गर्ने आश्वासन मात्र दिइरहेकोले अब सशक्त संघर्षको विकल्प नरहेको समेत बताए ।

यसैगरी, पार्टी प्रवेश कार्यक्रममा प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले मधेशीले अधिकार प्राप्त नगरेसम्म राजपा नेपाल संघर्षमै रहने बताए ।

प्रतिक्रिया दिनुहोस