आज:  २०८१ बैशाख २७, बिहिबार | Thu, 09, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आगामी वर्षको बजेट उच्च आर्थिक वृद्धि सहितको हुनेछ : अर्थमन्त्री

AuthorAP Khabar२०७६ बैशाख २७, शुक्रबार (५ साल अघि) ३९५ पाठक संख्या

बैशाख २७

आर्थिक वर्ष २०७६/७७ को विनियोजन विधेयकमाथि संसदमा छलफल शुरु भएको छ । विधेयक छलफलका लागि अर्थमन्त्री युवराज खतिवडाले संसदमा प्रस्ताव पेश गरेका छन् ।

प्रस्ताव पेश गर्दै अर्थमन्त्री खतिवडाले संघीयता कार्यान्वयनमा सरकारले छोटो समयमा हाँसिल गरेको उपलब्धिबाट सुशासन विकास र समृद्धिको दरिलो आधार तयार भएको दाबी गरेका छन् । यही आधारशिलाको जगमा उभिएर सामाजिक न्याय एवं उच्च आर्थिक वृद्धि सहितको समाजवाद उन्मुख रुपमा अघिबढ्ने गरि आगामी वर्षको बजेट तयार हुने अर्थमन्त्री खतिवडाको भनाइ थियो ।

विकासका लागि अनुकुल वातावरण समेत बन्दै गएको भन्दै उनले २०३० सम्म मध्यम आय भएको देश बन्ने गरि बजेट विनियोजन गरिने बताएका छन् । ‘आन्तरिक तथा बाहृय लगानीको अवसरका लागि वातावरण बनेको छ । २०३० भित्र मध्यम आय भएको देशमा पुग्ने हाम्रो लक्ष्य अनुसार बजेट विनियोजन गरिनेछ,’ उनले भने ।

विद्युत उत्पादनमा जोड दिने, एक वर्षभित्र सबै नेपालीको बैंक खाता हुने गरी कार्यक्रममा बजेट छुट्याउने खतिवाडाले उल्लेख गरे । ‘समृद्ध नेपाल सुखी नेपालीको आधारशिला निमार्ण भएको छ । आगामी वर्ष समाजिक न्यायसहितको विकासको अधार वर्षका रुपमा रहने गरी बजेट विनियोजन गरिनेछ,’ खतिवाडाले भने ।

आगामी वर्ष उच्च आर्थिक वृद्धि हुने गरी बजेट ल्याउने, क्षमता अनुसारको काम दिने र मौलिक हक कार्यानवयनमा केन्द्रित हुने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस