आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

हवाइ फायर गरी विप्लवका नेता पक्राउ

AuthorAP Khabar२०७६ बैशाख २७, शुक्रबार (५ साल अघि) ५६७ पाठक संख्या

बैशाख २७

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठनका जिल्ला अध्यक्ष डिल्लीराज शर्मा पक्राउ परेका छन् । रुकुम पश्चिमको चौरजहारी नगरपालिका ५ बाट शर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

शर्मालाई पक्राउ गर्न प्रहरीले दुई राउन्ड हवाइ फायर पनि गरेको छ। बिहीबार बेलुका दुई राउन्ड हवाइ फायर गर्नु परेको जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए। शर्मा भाग्न खोजेपछि हवाइ फायर गर्नु परेको उनको भनाइ छ। गाउँमा चन्दा आतंक गरिरहेको, विकास निर्माणमा अवरोध गरेको, स्थानीयलाई डर, त्रास देखाइरहेको भन्ने गुनासोका आधारमा सर्च गर्दा शर्मा पक्राउ परेको प्रहरीले जनाएको छ।

बिहीबार बेलुकी शर्मासहित अन्य २ जना समेत प्रहरी देखेर भागेपछि प्रहरीले हवाई फायर गरेको हो । पक्राउ गर्ने क्रममा शर्माले ढुंगा प्रहार गरेका र ढुंगाले लागेर एक जना प्रहरी जवान घाइते भएको पनि खड्काले जानकारी दिए। प्रहरीले लखेटेर शर्मालाई पक्राउ गर्न सफल भए पनि उनीसँगै रहेका अरू दुई जना भने भाग्न सफल भएका प्रहरीले जनाएको छ।

सरकारद्वारा प्रतिबन्ध लागेपछि प्रहरीले जिल्लाका विभिन्न ठाउँबाट नेकपाका झण्डै एक दर्जन कार्यकर्तालाई पक्राउ गरेको छ।

प्रतिक्रिया दिनुहोस