आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

समाजवादी–राजपाको एकता अनौपचारिकतामै सिमित

AuthorAP Khabar२०७६ बैशाख ३०, सोमबार (५ साल अघि) ४३९ पाठक संख्या

बैशाख ३०

समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी राजपाबीचको एकता प्रक्रिया अनौपचारिकतामै सिमित बनेको छ ।

समाजवादी पार्टी नेपाल र राजपाबीचको एकता प्रक्रियाले तीब्रता पाएको खबर सार्वजनिक भइरहेका बेला राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतले औपचारिक रुपमा कुनै छलफल नै नभएको बताए । पार्टीलाई वैकल्पिक शक्तिका रुपमा खडा गर्ने उद्देश्य सहित अन्य दलहरुसँगको एकतालाई प्राथमिकतामा राखेको समाजवादी पार्टी नेपालले एकताका विषयमा जोड दिएपनि राजपाले भने छलफल नै अघि नबढेको बताएको छ । नेता महतोले भने– एकताको चर्चा बाहिरी हल्ला मात्र हो । औपचारिक रुपमा कुनै वार्ता र छलफल भएको छैन । तत्काल पार्टि एकीकरण हुने सम्भावना पनि देखिदैन ।

समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफुहरुले एकताको प्रयासमा लागे पनि पछिल्लो समय औपचारिक छलफल नभएको उल्लेख गरेका छन् । यादवले भने – एकताका लागि प्रयास मात्र भएको हो । हामी अनौपचारिक छलफलकै क्रममा छौं । समान बिचार बोकेका दलहरु बेग्लाबेग्लै रुपमा जनता समक्ष जाँदा एजेण्डा नै कमजोर बन्ने भएकाले एकीकृत रुपमा अघि बढ्न आफुहरुको जोड रहेको यादवको भनाई छ ।

यद्यपी जम्बो नेतृत्वका कारण एकता प्रक्रियाका बिषयमा राजपाबाट ठोस निर्णय आउन नसकेको यादवले बताए । बिचार मिल्ने दलहरुसँगको एकताका लागि समाजवादी पार्टीले प्रयास जारी राख्ने अध्यक्ष यादवले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस